नागरिक पोष्ट News


Lumbini–An Eternal Heaven अंग्रेजी कविता संग्रह सार्वजनिक

714

काठमाडौं । लेख रत्न शाक्यद्धारा लिखित Lumbini–An Eternal Heaven (लुम्बिनी एक अनन्त स्वर्ग) अंग्रेजी कविता संग्रह पुस्तक सार्वजनिक भएको छ । अन्तराष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा राजधानीमा आयोजित राष्ट्रिय प्रेस क्लवको ३८ औं वार्षिकोत्सव समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तकको विमोचन २०७९ साल असोज ५ गते गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा ज्यू, काठमाडौंका पूर्व मेयर बिद्या सुन्दर शाक्य, पूर्व एआइजीपी रण बहादुर चन्द्र लगायतका विशिष्ट व्यक्तिहरुबाट गरिएको थियो ।  पुस्तकको सारांश पुस्तकमा बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा कविताको माध्यमवाट बर्णन गरिएको छ ।

लेखक लेख रत्न शाक्यले कार्यक्रम पढेर सुनाउनुभएको थियो ।

। यस कबिता संग्रहको पुस्तकलाई शान्तिका अनुयायीहरुले मनन गर्नेछन् र लुम्बिनीको शान्तिको शानलाई विश्वभरि प्रवाह गर्नेछन् भन्ने मैले विश्वास लिएको छ । अन्तमा अन्तराष्ट्रिय शान्ति दिवसको यस महत्वपूर्ण दिनमा बुद्ध र बुद्ध भूमिको शान्तिको सन्देश विश्वभरि पुगोस् भन्ने कामना गर्दै मेरो भनाई यही अन्त्य गर्दछु ।

जय बुद्धभूमि लुम्बिनी, जय नेपाल ।

जातीयवादको अन्त्य गरौ, शान्ति कायम राखौं।

धन्यवाद ।

कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा २०७९ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी सम्पन्न भएको हो ।  गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा कार्यक्रमको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा २ दर्जनभन्दा बढी राष्ट्रिय व्यक्तित्वहरुलाई राष्ट्रिय नागरिक सम्मान गरिएको थियो । 

Must View