नागरिक पोष्ट News


भद्र कुमारी घले व्यक्ति विशेष राष्ट्रिय नागिरक सम्मान २०७९ बाट सम्मानित

3.8K

साहित्य, समाज, कला क्षेत्र लगायत क्षेत्रमा जीवनकालभर अहोरात्र खटिनुभएको भद्र कुमारी घलेलाई व्यक्ति विशेष राष्ट्रिय नागरिक सम्मान गरिएको छ । घले ९२ वर्षको उमेरमा पनि साहित्य र समाज सेवा क्षेत्रमा उत्तिकै सक्रिय रहनुभएको छ । एक्लोपन (बूढ्यौलीको गन्थन निबन्ध संग्रह) घलेको पछिल्लो प्रकाशन हो ।  घले अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा २०७९ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित राष्ट्रिय प्रेस क्लब नेपालको ३८ औं वार्षिकोत्सव कार्यक्रममा सम्मानित हुनुभएको हो । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा ले घलेलाई दोसल्ला ओढार राष्ट्रिय सम्मान गर्नुभएको थियो । कार्यक्रममा २ दर्जनभन्दा बढी राष्ट्रिय व्यक्तित्वहरु राष्ट्रिय नागरिक सम्मानबाट सम्मानित भएका थिए। 

Must View