नागरिक पोष्ट News


पदम उप्रेती उत्कृष्ट सामाजिक सेवा राष्ट्रिय नागरिक सम्मान २०७९ द्धारा सम्मानित

2.8K

काठमाडौं । सामाजिक सेवा झण्डै ३ दशक अहोरात्र सेवा पु्याउँदै आएका युवा समाजसेवी पदम उप्रेती उत्कृष्ट सामाजिक सेवा राष्ट्रिय नागरिक सम्मान २०७९ द्धारा सम्मानित भएका छन् । उप्रेतीले २०५४ सालदेखि कार्यसन मार्फत नुवाकोट जिल्लाको गाउँ गाउँ र टोल टोलमा महिला ससक्तीकरण, सीपमुलक, चेतनामुलक र स्वरोजगारमुलक सामाजिक कार्यक्रमहरु मार्फत हजारौ महिलाहरुलाई आत्मनिर्भर बनाउन उल्लेखनीय भुमिका निर्वाह गरेका छन् ।  उप्रेती दर्जनौ सामाजिक संघ संस्थाहरुमा क्रियाशील रहदै हालसम्म पदम उप्रेतीले सामाजिक सेवामा सक्रिय भएर लागि परेका छन् । 

राष्ट्रिय प्रेस क्लब नेपालले राष्ट्रिय सम्मान तथा अवार्ड कार्यक्रम २०७९ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा २०७९ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी सम्पन्न भएको हो ।  गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा कार्यक्रमको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा २ दर्जनभन्दा बढी राष्ट्रिय व्यक्तित्वहरुलाई राष्ट्रिय नागरिक सम्मान गरिएको थियो । 

Must View