नागरिक पोष्ट News


इन्द्रेणी र बिम्ब प्रतिबिम्ब लोकप्रिय टेलिभिजन कार्यक्रम राष्ट्रिय नागरिक सम्मान २०७९ बाट सम्मानित

2.5K

काठमाडौं । राष्ट्रिय प्रेस क्लब नेपालले राष्ट्रिय सम्मान तथा अवार्ड कार्यक्रम २०७९ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा २०७९ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी सम्पन्न भएको हो ।  गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा कार्यक्रमको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा २ दर्जनभन्दा बढी राष्ट्रिय व्यक्तित्वहरुलाई राष्ट्रिय नागरिक सम्मान गरिएको थियो । 

कार्यक्रममा पत्रकार, टेलिभिजन कार्यक्रम निर्माता, सामाजिक अभियान्ता, समाजसेवी, सफल उद्यमी व्यवसायी, जेष्ठ नागरिक, राष्ट्रिय कलाकार तथा आइसिटी क्षेत्र लयायतका बिभिन्न क्षेत्रका व्यक्तिहरु राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड द्धारा सम्मान भएका छन् ।

कार्यक्रममा नेपाली लोक गीत र लोक संस्कृतिको अभियानमा १ दशकभन्दा लामो समयदेखि लागिपरेका इन्द्रेणी टेलिभिजन कार्यक्रमका प्रस्तोता कृष्ण कँडेललाई  सम्मानित गरिएको छ ।

इन्द्रेणी कार्यक्रम लोक गीत, लोक संगीत, लोक संस्कृति नेपालीको शान हो, विविधतामा एकता हो । यही विविधतामा एकता भन्ने कुरालाई जोगाइरराख्न र अन्तरपुस्ता सम्म हस्तान्तरण गर्नका लागि इन्द्रेणी टेलिभिजन कार्यक्रमले खेलेको भूमिका प्रशंसनीय छ ।  इन्द्रेणी कार्यक्रम नै त्यस्तो कार्यक्रम हो जसले नेपालको लोक गीत, लोक संगीत र लोक संस्कृतिलाई गाउँ, ठाउँ, भाषा भाषी, जात जाती, रहनसहन, भेष भुषालाई जस्ताको तस्तै प्रस्तुतीकरण मार्फत विश्वव्यापीकरण गराई आम नेपालीहरुलाई लोक गीत र संगीत प्रतिको आस्था जीवन्त बनाइदिएको समेत छ । यसरी लोक गीत, लोक संगीत, लोक संस्कृति लाई बढवा गर्दै अन्तरपुस्ता बीच पुर्याउन र संरक्षण एवं प्रवद्र्धनका लागि इन्द्रेणी टेलिभिजन कार्यक्रमले खेलेको भूमिकाको उच्च मुल्यांकन र कदर गर्दै राष्ट्रिय प्रेस क्लव नेपालको ३८ औँ वार्षिकोत्सव कार्यक्रम २०७९ तथा विश्व शान्ति दिवस २०२२ को अवसरमा कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता कृष्ण कँडेललाई राष्ट्रिय नागरिक सम्मान गरिएको हो ।

त्यस्तै कार्यक्रममा, २ दशकभन्दा लामो समयदेखि नेपाल टेलिभिजनबाट राष्ट्रिय प्रसारण भइरहेको बिम्ब प्रतिबिम्वका सञ्चालक भुपाल थापालाई राष्ट्रिय नागरिक सम्मान गरिएको छ । बिम्ब प्रतिबिम्ब २०५७ सालबाट नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत हालसम्म नियमित भइरहेको छ । 

जस्तोसुकै कठिन परिस्थितीमा पनि आम नागरिकलाई बाढी पीडित, भु(संरक्षण, जलउत्पन्न प्रकोप, सीमा क्षेत्र संरक्षण, सशस्त्र प्रहरी कार्यक्रम गतिविधि, सुरक्षा, जलाधार, कृषि, पर्यटन लगायतका विविध क्षेत्रका जानकारीलाई चेतना, ज्ञान, प्रोफाइल विश्लेषण र बृत्तचित्रका रुपमा बिम्ब प्रतिबिम्बले प्रसारण गदै आइरहेकोले आम सञ्चार क्षेत्रमा विशेष योगदान पुर्याउदै आएकोले कार्यक्रम बिम्ब प्रतिबिम्बका सञ्चालक भुपाल थापालाई राष्ट्रिय नागरिक सम्मान २०७९ बाट सम्मान गरिएको हो ।

Must View