नागरिक पोष्ट News


चक्रपथ सरसफाई अभियानको संयोजक लोक बहादुर टण्डनलाई राष्ट्र्रिय नागरिक सम्मान

2.1K

काठमाडौं । राष्ट्रिय प्रेस क्लब नेपालले राष्ट्रिय सम्मान तथा अवार्ड कार्यक्रम २०७९ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा २०७९ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी सम्पन्न भएको हो ।  गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा कार्यक्रमको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा २ दर्जनभन्दा बढी राष्ट्रिय व्यक्तित्वहरुलाई राष्ट्रिय नागरिक सम्मान गरिएको थियो । 

कार्यक्रममा वरिष्ठ व्यवसायी तथा सामाजिक अभियन्ताको रुपमा लोक बहादुर टण्डन लाई राष्ट्रिय नागरिक सम्मान २०७९ बाट सम्मानित गरिएको छ । टण्डन बाग्मती सरसफाई अभियानका अभियन्ता, चक्रपथ सरसफाई अभियानका संयोजक तथा ग्रिन सिटी हस्पिटलका अध्यक्ष समेत हुनुहून्छ । सामाजिक क्षेत्रमा टण्डनले २ दशकदेखि महत्वपूर्ण सामाजिक सेवा गर्दै आउनुभएको छ । दीन दुःखी र असहायको अविभाकत्वको भूमिकाले टण्डनको सामाजिक सेवा प्रशंसनीय छ ।

समाज सेवा र दीन दुःखी,गरीब र असाहयस्को लागि टण्डनको अबिभावकत्वको भूमिका अत्यन्तै प्रशंसनीय र उदाहरणीय छ । समाज परिवर्तनका लागि सामाजिक अभियन्ताको रूपमा यहाँको सक्रियता बाग्मती सरसफाई अभियन्ता,चक्रपथ सरसफाई अभियानको संयोजकको रुपमा सक्रिय रहनुहुन्छ । सामाजिक जनचेतना, युवा ससक्तीकरण, स्वास्थ्य सेवा सँगै व्यवसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज र देशका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएकोले सम्मान गरिएको आयोजक राष्ट्रिय प्रेस क्लव नेपालले जनाएको छ ।

Must View