नागरिक पोष्ट News


राष्ट्रिय  प्रेस क्लबको ३८ औं वार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम २०७९ भव्यताका साथ सम्पन्न, २ दर्जनभन्दा बढी व्यक्तिहरुलाई राष्ट्रिय नागरिक सम्मान प्रदान (फोटो फिचरसहित)

4.9K
पूर्व उपराष्ट्रपति परमानन्द झा बाट विश्व शान्तिको कामना गर्दै १०८ द्धीप प्रज्ज्वलन 

- सावित्री बस्नेत (सबु) काठमाडौं । राष्ट्रिय प्रेस क्लब नेपालले राष्ट्रिय सम्मान तथा अवार्ड कार्यक्रम २०७९ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा २०७९ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी सम्पन्न भएको हो ।  गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा कार्यक्रमको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा २ दर्जनभन्दा बढी राष्ट्रिय व्यक्तित्वहरुलाई राष्ट्रिय नागरिक सम्मान गरिएको थियो । 

कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा आयोजना गरिएको थियो । २१ अक्टोवर अन्तराष्ट्रिय शान्ति दिवस भएकोले कार्यक्रममा १०८ द्धिप प्रज्ज्वलन गदै विश्व शान्तिको कामना समेत गरिएको थियो । प्रमुख अतिथि झाले पहिलो र दोस्रो विश्वयुद्ध झेलेको विश्वले तेस्रो विश्वयुद्ध हुनबाट बच्न सबैले विश्व शान्तिका लागि मानव अधिकार र शान्तिको लागि आवाज बुलन्द पार्नुपर्ने बताए । हामी शान्ति चाहन्छौं र शान्तिका पक्षधारी हौं त्यसैले आपसी भाइचाराको कामना हामी सबैले गर्नुपर्नेमा जोड दिदै राष्ट्रिय प्रेस क्लवको ३९ वर्षमा प्रवेश गरेकामा हार्दिक शुभकामना व्यक्त समेत गर्नुभयो ।

१०८ शान्तिको द्धिप प्रज्ज्वल कार्यक्रमको संयोजन वरिष्ठ समाजसेवी तथा कार्यक्रमको सल्लाहाकार राजेश्वरी श्रेष्ठले गर्नुभएको   थियो ।

प्रथम उपराष्ट्रपति झा ले  पत्रकार, टेलिभिजन कार्यक्रम निर्माता, सामाजिक अभियान्ता, समाजसेवी, सफल उद्यमी व्यवसायी, जेष्ठ नागरिक, राष्ट्रिय कलाकार तथा आइसिटी क्षेत्र लयायतका बिभिन्न क्षेत्रका व्यक्तिरुलाई राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड द्धारा सम्मान गर्नुभएको    छ । 

सामाजिक सेवा झण्डै ३ दशक अहोरात्र सेवा पु्याउँदै आएका युवा समाजसेवी पदम उप्रेती उत्कृष्ट सामाजिक सेवा राष्ट्रिय नागरिक सम्मान २०७९ द्धारा सम्मानित भएका छन् । उप्रेतीले २०५४ सालदेखि कार्यसन मार्फत नुवाकोट जिल्लाको गाउँ गाउँ र टोल टोलमा महिला ससक्तीकरण, सीपमुलक, चेतनामुलक र स्वरोजगारमुलक सामाजिक कार्यक्रमहरु मार्फत हजारौ महिलाहरुलाई आत्मनिर्भर बनाउन उल्लेखनीय भुमिका निर्वाह गरेका छन् ।  दर्जनौ सामाजिक संघ संस्थाहरुमा क्रियाशील रहदै हालसम्म पदम उप्रेतीले सामाजिक सेवामा सक्रिय भएर लागि परेका छन् । 

कार्यक्रममा कम्प्युटर आविष्कार क्षेत्रमा ४ दशकभन्दा लामो समय अनवरत लागिरहेका कम्प्युटर विज्ञ मुनि बहादुर शाक्यलाई आइसिटी इनोभोसेन राष्ट्रिय नागरिक सम्मान २०७९ द्धारा सम्मानित गरिएको छ ।

मुनि बहादुर शाक्यले सन् १९७९ मा माइक्रो कम्प्युटर, सन् १९८३ मा देवनागरी कम्प्युटर, सन् २००६ मा सुपर कम्प्युटर, ग्रीन कम्प्युटर (३५ वाट बिद्युत खपतमा चल्ने) लगायतका दर्जनौ कम्प्युटर आविष्कारहरु नेपालमै गरेर सफल प्रयोग समेत गरिसक्नुभएको छ । नेपाली रोवोट, सुरक्षा यन्त्र, टेलिस्कोप जस्ता प्रविधि उपकरणहरु बनाइसक्नुभएको शाक्यको कम्प्युटर इनोभेसनमा गहिरो लगाव छ । कम्प्युटर बनाउने ४ करोड बराबरको कम्प्युटर मेसीन शाक्यको घरमा अझै छ तर राज्यले शाक्यको इनोभेसनहरुलाई अझैसम्म चिन्न सकेको छैन । चिनाउन प्रयास गर्दा पनि कानमा तेल हालेर बसेको छ । अनि राउटर वाइफाईलाई स्मार्ट प्रविधि भन्दै विदेशकै इनोभेसनहरुलाई प्राथमिकता दिदै आएको छ । शाक्यको इनोभेसनहरु अहिले म्युजियमको रुपमा रहने अबस्था सरकारको सूचना प्रविधि प्रतिको अनभित्रज्ञता बाहेक अर्को के नै हुन सक्छ र !

त्यस्तै साहित्य, समाज, कला क्षेत्र लगायत क्षेत्रमा जीवनकालभर अहोरात्र खटिनुभएको भद्र कुमारी घलेलाई व्यक्ति विशेष राष्ट्रिय नागरिक सम्मान गरिएको थियो । घले ९२ वर्षको उमेरमा पनि साहित्य र समाज सेवा क्षेत्रमा उत्तिकै सक्रिय रहनुभएको छ । एक्लोपन (बूढ्यौलीको गन्थन निबन्ध संग्रह) घलेको पछिल्लो प्रकाशन हो । 

कार्यक्रममा वरिष्ठ व्यवसायी तथा सामाजिक अभियन्ताको रुपमा लोक बहादुर टण्डन लाई राष्ट्रिय नागरिक सम्मान २०७९ बाट सम्मानित गरिएको छ । टण्डन बाग्मती सरसफाई अभियानका अभियन्ता, चक्रपथ सरसफाई अभियानका संयोजक तथा ग्रिन सिटी हस्पिटलका अध्यक्ष समेत हुनुहून्छ । सामाजिक क्षेत्रमा टण्डनले २ दशकदेखि महत्वपूर्ण सामाजिक सेवा गर्दै आउनुभएको छ । दीन दुःखी र असहायको अविभाकत्वको भूमिकाले टण्डनको सामाजिक सेवा प्रशंसनीय छ ।

कार्यक्रममा नेपाली लोक गीत र लोक संस्कृतिको अभियानमा १ दशकभन्दा लामो समयदेखि लागिपरेका कृष्ण कँडेललाई (इन्द्रेणी टेलिभिजन कार्यक्रम प्रस्तोता) सम्मानित गरिएको छ ।

त्यस्तै  क्यान महासंघ र कम्प्युटर व्यवसायिक क्षेत्रबाट आइसिटीको क्षेत्रमा महत्वपूर्ण योगदान पु्याउनुभएका ई. विनोद ढकाल लाई आइसिटी लिडरसीप राष्ट्रिय नागरिक सम्मान २०७९ बाट सम्मानित गरिएको छ । ढकाल क्यान महासंघको पूर्व अध्यक्ष हुनुहुन्छ । ढकालले जिल्ला जिल्लाका आइसिटी व्यवसायीहरुलाई ऐक्यवद्ध गर्ने क्यान महासंघको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा २ दशकभन्दा लामो समयदेखि नेपाल टेलिभिजनबाट राष्ट्रिय प्रसारण भइरहेको बिम्ब प्रतिबिम्वका सञ्चालक भुपाल थापालाई राष्ट्रिय नागरिक सम्मान गरिएको छ । बिम्ब प्रतिबिम्ब २०५७ सालबाट नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत हालसम्म नियमित भइरहेको छ । 

त्यस्तै कार्यक्रममा पत्रकारीता क्षेत्रबाट आम नागरिकमा सूचना समाचार सुसूचित गराउन ३ दशकभन्दा लामो समयदेखि लागि पर्नुभएका सूर्यचन्द्र बस्नेतलाई राष्ट्रिय नागरिक पत्रकारीता सम्मान गरिएको छ । बस्नेत राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक हुनुहुन्छ । 

एनआरएन अष्ट्रेलियाका समाजसेवी अभिषेक उप्रेतीलाई विदेशमा रहेर नेपाल र नेपालीको हितका लागि बिभिन्न माध्यमबाट सेवा पुर्याए बापत राष्ट्रिय नागरिक सम्मान गरिएको छ । उप्रेती १ एक दशकभन्दा लामो समय विदेशमा रहेर पनि नेपाली समाज सेवामा सक्रिय रहदै आएका छन् ।

त्यस्तै कार्यक्रममा राष्ट्र सेवक कर्मचारी चन्दा थापा, सञ्चारकर्मी तथा समाजिक अभियन्ता रामशरण न्यौपाने (शुसान्त),

व्यवसायी तथा समाजसेवी देवानन्द झा, राष्ट्रसेवक कर्मचारी ई. धर्मेन्द्र झा, लुम्बिनी एन इन्टरनल हेभनका लेखक लेख रत्न शाक्य,

सञ्चारकर्मी तथा कलाकार जीवन पराजुली,

महिला अधिकारकर्मी पार्वती थापा पाण्डे, पत्रकार, लेखक, लक्ष्मण बिष्ट, आयुर्वेद चिकित्सक नारायण अर्याल, व्यवसायी तथा समाजसेवी जयश्वर महर्जन, समाजसेवी दयाराम महर्जन लगायतका बिभिन्न क्षेत्रबाट समाज परिवर्तन र देश विकासका लागि २ दशकभन्दा लामो समयदेखि अहोरात्र खटिने व्यक्तित्वहरुलाई राष्ट्रिय नागरिक सम्मान गरिएको थियो । 

कार्यक्रमको १०८ शान्तिदिप प्रज्वलनमा गोदावरी महिला समाज, जेसीआई पाटन, लायन्स क्लव काठमाडौं सिद्धि, आध्यात्मवाद अध्ययन समाज, नवज्योति महिला समूह तारकेश्वर, गहना ब्युटी एकेडेमी, नेपालटार लगायतका संस्थाका सदस्यहरु सहभागी भएर द्धिप प्रज्ज्वलन सहित विश्व शान्तिको कामना गरेका थिए। कार्यक्रम संयोजक भरतराज उप्रेतीले कार्यक्रमका पाहुनाहरुलाई स्वागत गर्दै  शान्तिको सन्देश पढेर विश्व शान्तिको कामना गरेका थिए ।  

कार्यक्रमको अतिथिहरुमा बिद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिकाका पूर्व मेयर, रण बहादुर चन्द, पूर्व एआइजीपी,  काठमाडौं उपत्यका प्रहरी कार्यलयका एसपी सिताराम रिजाल, समाजसेवी बाबुकाजी श्रेष्ठ, होमानथ थपलिया, दीपक कँडेल लगायत बिभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा २०० भन्दा बढी भन्दा व्यक्तिहरुको सहभागीता रहेको थियो ।

Must View