नागरिक पोष्ट News


हराएको टुकुचा खोला जय नेपाल हलको आँगन खोतल्दा भेटियो 

0.9K

काठमाडौं -  हराएको टुकुचा खोला जय नेपाल हलको आँगन खोतल्दा भेटिएको छ। बिहिबार काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको प्रङ्गणमा  डोजर लगाएर टुकुचा खोला उत्खनन् गरेको हो  ।

महानगरपालिकाका अतिक्रमित क्षेत्र हटाउने अभियान सञ्चालन गरेको महानगरको टोली आज (बिहीबार) डोजर लिएर टुकुचा खोज्न निस्किएको थियो ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेट्टिएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

स्थानीयबासिन्दा र सम्पदा संरक्षणको क्षेत्रमा काम गर्दै आएकाहरुले टुकुचा खोला पुरेर घर बनाएको भन्दै टुकुचाको अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

 

Must View