नागरिक पोष्ट News


काठमााडौं क्षेत्र नं. ६ (ख) का उम्मेदवार पार्वती थापा

4.1K

काठमाडौं - नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नं। ६ को भदौ २० गते बसेको बैठकले आसन्न मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा संघमा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा युवा नेता हिमाल शर्मालाई सर्वसम्मत रूपमा पठाउने निर्णय गरेको छ । त्यस्तै प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा सदस्य क्षेत्र नं। ६ ९ख० को इन्चार्ज पार्वती थापा पाण्डे, प्रदेश संयोजक दिपेन्द्र लामिछाने, तारकेश्वर नगर कमिटि सचिव प्रकाश फुयाँलको नाम प्रत्यक्षतर्फ पठाइएको छ भने समानुपातिक तर्फ क्षेत्रीय संयोजक सानुभाई माल्बुलको नाम अनुमोदनका लागि पठाएको छ ।

माओवादी केन्द्र काठमाडौं क्षनेत्र नं . ६ मा पार्वती थापा एकल महिला उम्मेदवार हुन् । समाज सेवा र राजनीतिमा सक्रियतापूर्वक काम गर्दै आएकी थापालाई टिकट दिनुपर्ने माओवादी केन्द्रका एक नेताले हामीसँग बताएका छन् । गठबन्धनबाट थापाले सर्वसम्मतीमा टिकट पाए जीत सुनिश्चित जस्तै छ ।

पार्वती थापा को हुन्  ?

नुवाकोट जिल्ला तत्कालिन समुन्द्राटार गाविस वडा नं २ हाल दुप्चेश्वर गाउँपालिका वडा नं ६ मा जन्मिनु भएका पार्वती थापाले सानै उमेरदेखि नै विभिन्न संघ/संस्थामा रहेर समाज सुधारका काम गर्दै आउनुभएको छ । सानै उमेरदेखि पढाईसँगै विभिन्न युवा क्लवमा आवद्ध हुँदै समाजरूपान्तरणका लानगि जनचेतनामुलक कार्यक्रम गर्नुहुनथ्यो ।

२०५२ सालमा सरस्वती क्याम्पसको स्ववीयूमा रहेर राजनीतिक यात्रा सुरु गरेकी थिइन । थापाले २०५३ साल माघ २३ गतेदेखि समतामुलक समाज निर्माणको सपना बोकी देशमा परिवर्तन र न्यायका लागि चलिरहेको सशस्त्र क्रान्ति ९जनयुद्ध० मा भाग लिएका थिइन । तत्कालिनअवस्थामा नुवाकोटको उत्तर–पूर्वि भेगमा सञ्चार संयोजक रहि लामो समय सञ्चार क्षेत्रमा काम गर्नुभयो ।

त्यही समयदेखि हालसम्म आउँदा जस्तासुकैकठिन परिस्थितिमा पनि विचलित नभई कन अनवरत रूपमा समाज रूपान्तरणमा लागिरहनु भएको छ । राजनीतिक क्षेत्रमा ने।क।पा। माओवादी केन्द्रको जनयुद्धदेखि हालसम्म निरन्तर पार्टीको बफादार सिपाही भएर कार्यरत हुनुहुन्छ । समाज सेवा र विकास निर्माणका कार्यमा पनि अहोरात्र खटिनु भएको छ । उहाँ जहाँ–जहाँ जानुहुन्छ त्यहाँ–त्यहाँ विकास र चेतना फैलाउने काम गर्नुहुन्छ ।

विशेषगरी पार्वती थापालाई महिला अधिकारकर्मी नेता भनेर चिनिन्छ । महिलालाई परेको हरेक समस्याहरु हल गर्न उहाँले कुनै कसुर नछोडी काम गर्नुहुन्छ । उहाँको सुझवुझ र मिहेनतले धेरै महिलाहरुको जीवन र फुटेका घरहरु व्यवस्थित भएका छन् ।

शिक्षा शास्त्रमा एमएडसम्मको अध्ययन गरेकी पार्वती थापाले आफ्ना व्यक्तिगत काममा कहिल्यै समय दिनुभएन । पार्टी, संघरसंस्था, उपभोक्ता समिति, महिला समूहलाई अधिकार दिलाउने सवालमा खट्दा खट्दै जीवनका प्रवाहहरु कतिखेर सिद्धियो थाहा नैपाउनु भएन । पार्वती थापाले महिला हिंसाका सवालमा साह्रै दिलोज्यान दिएर काम गर्नुभयो । उहाँबाट समाजले धेरै लाभ लिन सफल भयो ।

अहिलेसम्म पनि उहाँ समाज सेवामा मात्र रमाइरहनु भएको छ । व्यक्तिगत रूपमा आफ्ना लागी केहीपनि गर्नुभएको छैन । उहाँलाई समाज सेवाको जिम्मेवारी, अझै दिन सकेमा समाज र देशले राम्रै लाभ लिन सक्नेछ ।

Must View