नागरिक पोष्ट News


काठमााडौं क्षेत्र नं. ६ (ख) मा एमालेका उम्मेदवार साबित्रादेवी शर्मा

2.1K

काठमाडौं - संघ र प्रदेश सभाको चुनावको मिति घोषणासँगै दलहरुले आ–आफ्ना उम्मेदवारहरु छनौटमा जुटेका छन् । काठमाडौं क्षेत्र नं। ६ प्रदेश ९ख० मा एमालेले सुरुमा १३ जनाको नाम प्रस्तुत गरेपनि अहिले १० जनाको मात्र नाम परेको जानकारी एक गोप्य स्रोतले दिएको छ । जसमा ९ जना पुरुषसहित १ मात्र महिला नेतृ सावित्रा शर्माको नाम परेको छ । ५२ प्रतिशत महिलाको सकृय नेतृत्व गर्दै प्रत्यक्षतर्फ महिलामा १ जनाको मात्र नाम सिफारिसमा परेको छ । जसमा सावित्रा देवी शर्मा, विश्वनाथ लामीछाने, कृष्ण अधिकारी, रामवावु पाण्डे, बलराम सिटौला, अमृत थापा, अमन मास्के, पूर्ण महर्जन, कृष्ण खत्री र गोपाल सापकोटा रहेका छन् ।

२०३८ सालदेखि राजनीतिमा सक्रियतापूर्वक जिम्मेवारी बहन गर्दै आएका महिला नेतृ सावित्रादेवि शर्माले प्रदेश सरकारको सांसद् भएर जनपक्षिय काम गरेर देखाइदिने बताउनुभयो । सँधै पुरुषलाई मात्र नभएर एसपटक महिलाहरुलाई पार्टीले टिकट दिनुपर्ने शर्माले बताएकी छिन् । शर्मा एमालेले नामछनौट गरेका उम्मेदवारहरुमा योग्य उम्मेदवार भएको एमाले नेताहरु बताउँछन् ।

काठमाण्डौं क्षेत्र ६ प्रदेश ९ख० मा निकै चर्चामा रहनु भएका उम्मेदवार सावित्रा देवी शर्मा को हुनुहुन्छ त किन यति धेरै चर्चा छ । २०३८ सालदेखि राजनिती शुरु गरी स्ववियूको निर्वाचीत पदाधिकारी देखी हाल काठमाण्डौ जिल्ला कमिटी सदस्य सम्म पुग्दा विभिन्न सांगठनिक पदिय दायित्वमा रहि राजनीतिमा सक्रियता पूर्वक जिम्मेवारी बहन गर्दै आएकी छिन् ।

तारकेश्वर ११ निवासी एक अब्बल सक्षम महिला नेतृ सावित्रादेवि शर्माले स्थानीय सरकारको प्रमुख भई जनपक्षिय काम गरेर जनपृय काम गर्ने तारकेश्वको सर संवृद्धिमा निकै फड्को मार्ने इच्छाशक्ति योजना हुँदाहुँदै अवसर नपाएपछी पुन स् पार्टीले महिलाहरुलाई दोस्रो तहमा नभएर यसपटक मंसीर ४ को संसदीय चुनावमा काठमाण्डौ ६ नं क्षेत्र को प्रदेश ९ख० मा प्रत्यक्षवाट पाटीलाई सजिलै जितमा परिणत गर्नको लागी टिकट दिनुपर्ने दावी सहित संसदिय चुनावमा लड्न प्रदेश सांसदको लागी यस क्षेत्रका सम्पूर्ण महिलाहरुको पुर्ण समर्थन सहित सिफारीसमा पर्नुभएको छ ।

पारिवारिक साथ सपोट, शिक्षा तथा हरेक क्षेत्रमा सक्षम सकृय इमान्दार निस्वार्थ भावले स्थानीय समाज सेवामा खटिइरहने शर्माले पार्टीले सहि मुल्याङकन गरी टिकट दिएमा उहाँले सजीलै चुनाव जित्ने आंंकलन गरिएको छ ।

सावित्रादेवि शर्माको राजनैतिक आवद्धता स्

– २०३८–२०४० सालमा स्ववियू निर्वाचित सदस्य जनता मा।वि। सर्कुवा । – २०४३ सालमा स्व।वि।यू। पिपल्स क्याम्पस – २०४८ सालसम्म नेकपा मालेको, त्यसपछी एमालेको सदस्यता लिई सकृय भुमिकामा रही काम गर्दै आएको । – ०६२र०६३ को जनआन्दोलनमा धेरै सकृय रुपमा काम गरेको । – २०६५ देखी ०७८ फागुनसम्म वाग्लुङ्ग–काठमाण्डौ सम्पर्क मञ्चमा निर्वाचीत पदाधिकारीमा रहि सकृयतापुर्वक काम गरेको ।

हाल स् – वडाको पाटी कमिटी सदस्य, नगर कमिटी सचिवालय सदस्य हुँदै हाल काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा तारकेश्वर नगरपालिका वडा नं ९ को इन्चार्ज तथा क्षेत्र नं ६ समन्वय कमिटीमा रहेर पार्टीले दिएको कामको पूर्ण जिम्मेवारीमा रही नगरको भुगोलमा सकृय रूपमा काम गर्दै आउनुभएको छ । – अखिल नेपाल महिला संघको केन्द्रीय संघरसस्था विभाग सदस्य । – अनेमसंघ तारकेश्वर नगर कमिटी उपाध्यक्ष । – काठमाडौं क्षेत्र नं। ६ समन्वय समिति सदस्य भई सकृयतापुर्वक काम गर्दै आएको ।

सामाजीक क्रियाशिलतामा स् सावित्रादेवि शर्मा

– नागरिक सचेतना समाज नेपालको कोषाध्यक्ष – ऋृद्धि लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उपाध्यक्ष – जिल्ला सदस्य काठमाण्डौ सामाजीक र आर्थिक रुपान्तरणकोलागी भ्रस्टाचार मुक्त अभियान – २३ वटा महिला समूहहरुको १ छाता संगठन उर्जाशिल महिला समूह तारकेश्वर नपा ११ को अध्यक्ष – उपाध्यक्ष स् समाज परिवर्तनका लागी महिला मञ्च – सह–सचीव स् उज्वलटार महीला समुह – कोषाध्यक्ष स् परिवर्तनशिल महिला उपभोत्ता समूह लगायत अन्य विभिन्न सामुदायिक उपभोत्ता समिती तथा अन्य धेरै उपभोत्ता समुहहरुको काममा सकृयतापूर्वक काम गर्दै आइरहेको । – २०७४ कोस्थानीय चुनावको वेलामा पनी उपप्रमुख सिफारिसमा पर्न सफल ।

Must View