नागरिक पोष्ट News


काठमाडौं क्षेत्र नं. ६ मा माओवादी केन्द्रको सिफारिसमा हिमाल शर्मा र प्रदेश सभा सदस्यमा पार्वती थापालाई प्रस्तावित

3K

 काठमाडौं - २०७९ साल भदौ २० गते बसेको नेकपा माओबादि केन्द्र काठमाडौं जिल्ला क्षेत्र नं ६ ले जनप्रीय यूवा नेता हिमाल शर्मालाई माओवादी केन्द्रले काठमाडौं क्षेत्र नं। ६ बाट उठाउने तयारी गरेको छ । युवाहरुमा राम्रो छवि बनाएका र लामो समय विद्यार्थी राजनीति गरेका शर्मा माओवादी केन्द्रमा राम्रो छवि भएको नेतामा पर्दछन् ।

 

त्यस्तै बैठकले प्रदेश सभा सदस्य मा बागमति प्रदेश सदस्य तथा क्षेत्र नं ६ को ख प्रदेश इन्चार्ज क. पार्वती थापा ९पान्डे ० लाई प्रस्तावित गरेको छ । लामो समय देखि राजनितिमा लागेको र महिला दिदीबहिनीहरुको जुनसुकै मुद्धामा पनि खुलेर बोल्ने पाण्डे समाज सेवामा पनि उक्तिकै राम्रो छवी भएको व्यक्तिमा गनिनु हुन्छ । त्यस्तै गरी ख प्रदेश संयोजकमा क. दिपेन्द्र लामिछाने , तारकेश्वर नगर कमिटी का सचिब क प्रकाश फुइयाँल, को नाम  प्रस्तावित भएका छन । 

त्यसै गरि समानुपातिक तर्फ  ख प्रदेश का लागि, क्षेत्रीय संयोजक सानु भाइ माल्बुल को नाम अनुमोदन  का लागि प्रस्ताव  गरि पाठाइएको जानकारी क्षेत्र नं ६ को ख प्रदेश इन्चार्ज क पार्वती थापा ९पान्डे ०ले नागरिकपोष्टलाई जानकारी गराउनु भएको हो । 

Must View