नागरिक पोष्ट News


एमालेबाट काठमाडौं क्षेत्र नं. ६ (ख) मा युवा नेता बलराम सिटौला सिफारिस, को हुन् बलराम सिटौला

2.2K

काठमाडौं - सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेसंगै काठमाण्डौ क्षेत्र न ६ ९ख० मा पनि नेकपा एमालेले उम्मेदवार बन्न चाहनेहरुको नाम सार्वजनिक गरेको छ । एमाले काठमाडौं जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरेको हो ।

काठमाडौं क्षेत्र नं। ६ ९ख० मा सांसद् पदका उम्मेदवारका लागि १३ जनाको नाम सिफारिस भएपनि सफल वडाअध्यक्ष तथा युवा नेता बलराम सिटौलाको भने चर्चा चुलिएको छ । एमालेका एक नेताले नाम नखुलाउने शर्तमा हामीलाई भने – १३ जना मध्ये सबैभन्दा योग्य नै बलराम सिटौला भएको बताएका छन् । उनैले टिकट पाउनेमा आशावादी भएको बताएका छन् । एमाले काठमाडौं क्षेत्र नं। ६ ले सिफारिस भएका १३ जना उम्मेदवारहरुका नाम यसप्रकार रहेका छन् ।

कृष्णप्रसाद अधिकारी, विश्वनाथ लामिछाने, सावित्रा शर्मा, रामबाबु पाण्डे, गोपाल सापकोटा, अमृत थापा, बलराम सिटौला, पूर्ण महर्जन, मञ्जरी शर्मा, माधवराज थापा, कृष्ण खत्री, सुरेन्द्र थापा, अमन कुमार मास्के रहेका छन् ।

को हुन् बलराम सिटौला रु

नुवाकोटको शिवपुरी स्थायी घर भएका बलराम सिटौला अहिले काठमाडौं तारकेश्वर वडा नं। ९ का स्थायी बासिन्दा हुन् । ३२ वर्षिय सिटौला स्थानीय सरकारको पहिलो कार्यकालमा सफल वडाअध्यक्षको रूपमा आफ्नो जिम्मेवारी बहन गरिसकेका छन् । सिटौलाले एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति सुरु गरेका सिटौला अहिले काठमाडौं जिल्ला क्षेत्र नं। ६ को ९ख० का उम्मेदवार हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाअध्यक्ष सिटौलाले आफ्नो कार्यकाललाई सफलतापूर्वक सम्पन्न गरेका थिए । उनले स्थानीय तहको दोस्रो निर्वाचनमा प्रदेशमा जाने सोच बनाएपछि वडामा उम्मेदवारी नदिएर पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन लागि परेका थिए । नेकपा एकालेको नगर कमिटि सचिवालय सदस्य तथा युवा इन्चार्ज हुन् ।

२०६४ सालमा युवा संघ बसपार्क कमिटी सचिव भई जिम्मेवारी बहन गरेका थिए । त्यस्तै २०६६ सालमा सरस्वती क्याम्पसमा अखिल फोर्सको अध्यक्ष भई जिम्मेवारी सफलतापूर्वक बहन गरेका थिए ।  २०६८ सालमा खेल्कुद महासंघ अन्तर्गत बक्सिङ संघको उपाध्यक्ष भई जिम्मेवारी बहन गरेका थिए ।

२०७२ सालमा तार्केश्वोर वडा नं। को ९ वडा कमिटी उपाध्यक्ष भई संगठन निर्माणमा सशक्त भूमिका निभाएका थिए । सक्रियतापूर्वक पार्टीमा काम गरेका कारण सिटौलाले २०७४ को स्थानीय तहको वडा अध्यक्षको टिकट हात पार्न सफल भएका थिए ।

राजनीतिसँगै व्यवसायमा पनि सिटौला संलग्न रहेका छन् । उत्पादन र व्यवसायमा संलग्न भई राजनीतिलाई समाज सेवाको रूपमा लिँदै आएका सिटौला सफल व्यवसायी समेत हुन् ।

Must View