नागरिक पोष्ट News


भिसा द्वारा प्रदान गरिएको एक्सिलेन्स इन पिओएस अक्वाइरिङ विजनेश २०२२ अवार्ड बाट हिमालयन बैंक सम्मानित

700

काठमाडौं - विश्व प्रख्यात ब्राण्ड अमेरिकन एस्प्रेस,जेसिबी मास्र्टकार्ड, यूनीएन पे एवं भिसा स्विकार गर्ने बैंक हिमालयन बैंकले एक्सिलेन्स इन पिओएस अक्वाइरिङ विजनेश २०२२ अवार्ड प्राप्त गरेको छ ।

भिसा द्वारा आयोजित एक समारोहका बीच प्रमुख अतिथि डिपुटी गर्भनर डा। निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेका थिए । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ ।

हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्विकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पिओएस तथा इ(कर्मस गेटवे मार्फत स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हँुदै आइरहेको छ ।

बैंकले प्रदान गरेको विशिष्टिकृत सेवामा आवद्ध भई कार्ड अक्वाइरिङ विजनेश गरिरहेका मर्चेन्ट शुभेच्छुक एवं ग्राहकवर्गमा यो सम्मान समर्पित गर्दै यसै महिना भित्र डिनर्स र डिस्कोभर ब्राण्डको स्विकार्य थप गरिने व्यहोरा बैंकले जानकारी गराएको छ ।

हाल बैंकको १५३ वटा एटिएम, ५५०० भन्दा बढि पिओएस तथा करिब ७ सय इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

Must View