नागरिक पोष्ट News


नेप्से ६ अंकले बढ्यो, १ अर्ब ७१ करोडको कारोबार

609

काठमाडौँ - सेयर बजारमा आज सामान्य सुधार भएको छ । साताका पहिलो कारोबार दिन आइतबार ६।६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो ।

आज कुल २८ लाख ७८ हजार दुई सय ८८ कित्ता कारोबार हुँदै एक अर्ब ७१ करोड ६१ लाख पाँच हजार नौ सय २२ रुपैयाँको कारोबार भएको छ । आज १९७७ अकंमा नेप्से रोकिएको छ ।

आज होटेल तथा पर्यटन र म्युचियल फण्डबाहेक सबै समूहका सेयरमा सकारात्मक संकेत देखिएको छ । ननलाईफ इन्स्युरेन्स र विकास बैंकका सेयरधनीहरू नाफामा रहे ।

Must View