नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा
679
काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता ९पहिलो संशोधन विधेयक० २०७९ प्रस्तुत भएको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराए। राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो ।