नागरिक पोष्ट News


अर्थतन्त्रको आकारमा बेलायतलाई पछि पार्दै ५औं स्थानमा भारत

763

काठमाडौं - भारतले अर्थतन्त्रको आकारमा बेलायतलाई उछिनेको छ । टाइम्स अफ इन्डियाका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० को तथ्यांकमा भारत अब विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश बनेको हो ।

वर्तमान समयमा भारतको अनुमानित कूल ग्राहस्थ उत्पादन ९जिडिपी० ३ हजार ८ सय ९४ अर्ब डलर रहेको छ भने बेलायतको जिडिपी ३ हजार ६ सय ८७ अर्ब डलर रहेको छ । एक दशकअघिसम्म विश्वका ठूला अर्थतन्त्रको सूचीमा बेलायत पाँचौ नम्बरमा थियो भने भारत ११ औं स्थानमा थियो ।

कोरोनाभाइरसको महामारी कारण ठूला अर्थतन्त्रको वृद्धिदर सुस्त गतिमा भइरहेका बेला भारतको अर्थतन्त्र पछिल्लो चौमासिकमा १३।५ प्रतिशतले बढेको छ ।

अहिले विश्वको कूल जिडिपीमा भारतको हिस्सा ३।५ प्रतिशत छ । पहिलो स्थानमा रहेको अमेरिकाको २४।१, चीनको १९।८०, जापानको ४।८ र जर्मनीको ४।१ प्रतिशत हिस्सा छ । आइएमएफको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भारतीय अर्थतन्त्र ७ प्रतिशतभन्दा बढीले वृद्धि हुनेछ । कोरोना महामारी र रूसरयुक्रेन युद्धका कारण संसारका अरू कुनै पनि ठूला अर्थतन्त्रले यति उच्च वृद्धिदर हासिल गर्ने देखिँदैन ।

लयमा रहेको भारतीय अर्थतन्त्रले अबको पाँच वर्षमा ९सन् २०२७ सम्म० चौथौं स्थानमा रहेको जर्मनीलाई उछिन्ने प्रक्षेपण गरिएको छ।

सन् २०२९ सम्म जापानलाई पनि उछिनेर अमेरिका र चीनपछि भारत संसारको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने सम्भावना छ ।

अर्थतन्त्रको आकारमा उछिने पनि भारतको प्रतिव्यक्ति आय भने बेलायतको भन्दा निकै कम छ । अहिले भारतीयको प्रतिव्यक्ति आय २ हजार ५ सय डलर छ भने बेलायतीको प्रतिव्यक्ति आय ४७ हजार डलर छ ।

Must View