नागरिक पोष्ट News


नेप्से २.३३ अंकले उकालो, १ अर्ब १ करोड बढीको कारोबार

1K

काठमाडौं - यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार उकालो लागेको छ ।

यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १.८१ अंकले बढेर १९९५.३४ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.१२ प्रतिशतले बढी हो ।

मंगलबार २२६ कम्पनीको २९ लाख १४ हजार ५ सय ५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १ करोड ९५ लाख १६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । ठुला कम्पनिको उपसूचक १.४९ अंकले घटेर ३८८.९५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.३८ प्रतिशतले घटेको हो । यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ७ समूहका कम्पनीको कारोबार बढेको छ भने ६ समूहका कम्पनीको कारोबार घटेको छ ।

Must View