नागरिक पोष्ट News


तिलहरीमा नायिका पूजा शर्माको तीज (फोटो फिचर)

1.1K

काठमाडौँ - नायिका पूजा शर्मा पछिल्लो समय सफल मानिन्छिन् । केही समयअघि उनी अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले राम्रै व्यापार गरेको थियो ।

पल शाह बलात्कार प्रकरणमा जेल परेको सेन्टिमेन्टमा राम्रै व्यापार गरेको फिल्मबाट पूजा शर्मा हाइहाइ भएकी थिइन् । उनी आफैँले लगानी गरेको भनिएको फिल्म सुदर्शन थापाले निर्देशन गरेका थिए । पल र पूजा मुख्य कलाकार रहेको फिल्मले राम्रो चर्चा र सफलता पाएको दाबी गरिएको थियो । पूजाको अहिले ‘सम्हालिन्छ कहिले मन’ फिल्म पनि प्रदर्शनमा आउने तयारीमा छ ।

नारीहरूको महान् पर्व मानिने हरितालिका तीजमा पूजाले तिलहरी लगाएर फोटो सेसन गरेकी छन् । तिलहरीमा संस्कारी महिलाका रूपमा प्रस्तुत भएकी पूजा हिजोआज नयाँ फिल्मको प्रचारमा व्यस्त छिन् । पूर्व प्रेमी समेत रहेका आकाश श्रेष्ठसमेतले अभिनय गरेको कहिले सम्हालिन्छ मन केही समयपछि हलमा लाग्ने फिल्म हो ।

यसैको प्रचारमा दौडिएकी नायिका पूजा शर्मालाई तीजले भने छपक्कै छोपेको देखिन्छ । अहिलेसम्म अविवाहित पूजा हिजोआज नयाँ केटासँग अफेयरमा छिन् । केही समयअघि उनले आफ्ना नयाँ प्रेमीको फोटो सामाजिक सञ्जालमै पोष्ट गरेकी थिइन् ।

Must View