बेपत्ता तथा सत्य निरूपण विधेयक स्वीकृत
798
काठमाडौँ - प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक २०७९ स्वीकृत गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक २०७९माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको हो ।
सोमबार बसेको पहिलो बैठक सो प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । यसपछि सोमबार नै बसेको दोस्रो बैठकले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो ।
प्रतिनिधिसभाको अर्को बैठक १७ भदौ दिउँसो १ बजे बस्नेछ ।