नागरिक पोष्ट News


रिपब्लिक बचत तथा ऋण सहकारी संस्था लि ले तीज विशेष कार्यक्रम भव्यताका साथ मनायो (भिडियो सहित)

2.3K

काठमाडौैं - रिपब्लिक बचत तथा ऋण सहकारी संस्था लि ले तीज विशेष कार्यक्रम भव्यताका साथ मनाएको छ । तारकेश्वरको अजिमा पार्टी प्यालेसमा रिपब्लिक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नै आयोजनामा संस्थाको कार्यसमिति, ऋण समिति, लेखा समिति, शिक्षा समिति सस्थाका सम्पुर्ण कर्मचारीहरु बीच तीज कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा तीजको शुभकामना आदनप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका ऋण समिति, लेखा समिति र शिक्षा समितिका वक्ताहरुले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष मदन कुमार अधिकारीले संस्थाको समष्टिगत गतिविधि प्रस्तुत गर्दै संस्कृतिको संरक्षणमा निरन्तरता दिनु पर्ने तर यसलाई भड्किलो बनाउन नहुने बताउनु भयो। उहाँले तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमले तीज पर्व भड्किलो हुँदै गएकाले यस्तो नगर्न समेत आग्रह गर्दे सस्थाको स्थापना कालदेखिको संघर्षको बारेमा बताउनु भयो ।

यस्तै संस्थाको उपाध्यक्ष पार्वती थापाले तीज भड्किलो नबनाई परम्परागत मौलिक संस्कृतिको संरक्षण र धार्मिक संस्कृतिको जगेर्ना गर्ने गरी मनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा सस्थाका सम्पुर्ण पधादीकारीहरुको उपस्थित रहेको थियो । कार्यक्रम विहान ८ बजे देखि बेलुका ७ बजे सम्म सञ्चालन भएको थियो । 

 

align:justify"> 

 

 

Must View