नागरिक पोष्ट News


भारतमा कोरोनाबाट पाँच लाख २७ हजार भन्दा बढीको मृत्यु

1K

काठमाडाै‌ ।  भारतमा कोरोनाबाट  हालसम्म पाँच लाख  २७ हजार चार सय ८८ भन्दा बढीको मृत्यु भएको छ । 

भारतमा हिजो एक दिनमा १३ हजार ८४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ४ सय ५७ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब दश करोड ८२ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ३९ लाख १६ हजार सात सय २३ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म दश हजार सात सय २५ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ७८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बुधबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा दश हजार छ सय ४९ जनामा सङ्क्रमण देखापरेको थियो ।

Must View