नागरिक पोष्ट News


सहरा महिला समाज र खाडादेबी फुड्ल्यान्ड्ले सयुक्त रुपमा तिज विशेष महत्सब सम्पन्न गर्यो फोटो फिचर सहित 

1.9K

काठमाडौ - सहरा महिला समाज र खाडादेबी फुड्ल्यान्ड्ले संयुक्त रुपमा आयोजना गरेको तिज विशेष महत्सब भब्य र सभ्य रुपमा सम्पन्न भएकोछ । कलङ्किमा रहेको खाडादेबी फुड्ल्यान्ड् क्षेत्र भित्र टेण्ट सहित मन्च सहितको व्यवस्थापनमा कार्यक्रमको सरु गरिएको थियो ।   झन्डै दुई हजार मानिसको उपस्थिति रहेको सो कार्यक्रमको प्रमुख अतिथि काठमाडौ महानगरपालिकाको उपमेयर सुनिता डङोल, विशिष्ट अतिथि दक्षिणकाली नगरपालिकाकाको उपमेय बसन्ती तामाङ सहित विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।  कार्यक्रमको प्रमुख अतिथि उपमेयर सुनिता डङोलले उपस्तिथित सबैमा हरितालिका तिजको शुभकामना ब्यक्त गर्दै देशलाई योगदान पुर्याउनु भएका केही व्क्तिलाई  सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो । सम्मानित हुने केही व्यक्तिहरु मा गायिका तथा सन्चारकर्मी बिष्णुमाया पौडेल, सन्चारकर्मी बिना श्रेष्ठ , खाडा देबि फुडल्यान्डका अध्यक्ष कल्याण रत्न कार्की, खाडादेबी फुड्ल्यान्ड्का अर्का सन्चालक गोपि थापा मगर, युनिभर्सल डेन्टलका अध्यक्ष राजेन्द्रप्रसाद लामा लगायत रहेका थिए।

सहारा महिला समाजकी अध्यक्ष विना दाहालले उपमेयर सुनिता डङ्गोललाई सम्मानपत्र सहित सम्मान गर्नु भएको थियो । अन्य सम्मानित हुनेमा सर्जक तथा गायक थानेस्वर गौत्तम, संगीतकार तथा गायक डिजराज पौडेल  समेत रहेका छ्न। यसैगरी विभिन्न विधाद्धारा अन्य थप १५ जना ब्याक्तित्व सम्मानित भएका थिए।

आजको कार्यक्रममा दुई बर्ष यता नेपालमा सबै भन्दा धेरै चलेका गायक तथा गायिका  र मोडलहरुको बाक्लो उपस्तिथि रहेको थियो। गायकहरुमा भागिरथ चलाउने,सरोज लामिछाने ,सङ्कर बिसि,गायिका सुमित्रा कोइराला,भावना आचार्य बबिता बानियाँ ुजेरिञ,चर्चित नृत्यकाररमोडल अस्मिता पुरी,प्रतिभा चाम्लिङ ,दिपक बिसि तथा कलाकार अनिता गिरि रहेका थिए।उनीहरुले दर्सकलाइ अत्यन्त मनोरञ्जन दिएका थिए।कार्यक्रमलाई आर्थिक सगयोग गर्नु हुने सस्थाहरुमा सिबिल बैंक ,युनिभर्सल डेन्टल हस्पिटल ,खाडादेबी रियल स्टेट ,न्यु आइ टिसि प्रोफेसनल ब्युटी ट्रेनिङ सेन्टर,हेल्थी होम,ग्यान कुन्ज माध्यमिक बिधालय ,मोरङ समाज काठमाडौ ,पृयलस कृयसन,ब्याहुत जनरल स्टोर,कन्चन दुध डेरि,बाबा गेस्टहाउस,राज कनस्ट्रक्सन,सहदेब भेजिटेबल सप्लायर्स,शुभलाभ फर्निचर ,मेरो प्यारो ओखलढुंगा लगायत रहेका छन।

स्टल राखेर सेवा दिनेहरूमा सिबिल बैंक ,हेल्दी होम,युनिभर्सल डेन्टल रहेका थिए।स्न्याक्स रखाना सहित धेरै परिकार सहित आयोजकले मात्र ११ सय रुपैया टिकटमा दर खुवाउदा ५ बर्ष सम्म पुरै निसुल्क र १२ बर्ष सम्म बालबालिकाको लागि मात्र ५ सय ५० खुवाउने व्यवस्था मिलाएको थियो। सहारा महिला समाजकि सन्चार बिभाग कार्यक्रम सम्योजक बिष्णुमाया पौडेलले अत्यन्त कुशलपुर्बक सन्चालन गर्दा दर्सक धेरै खुशी देखिन्थे भने सहरा महिला समाजकि अध्यक्ष बिना दहालको सभापतित्वमा कार्यक्रम सप्पन्न भएको थियो।

Must View