नागरिक पोष्ट News


तारकेश्वर प्याब्सनले आधारभूत तहस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता गर्ने

1.2K

काठमाडौं - प्याव्सन तारकेश्वरले भोली ३ गते श्रीकृष्णजन्माष्टमीको अवसरमा भोली एन्जल हार्ट नेशनल स्कुलमा कार्यक्रम हुने भएको छ । हाजिरी जवाफ कार्यक्रमबारे आज पत्रकार सम्मेलन गरेर प्यवासनले जानकारी दिएको छ । कार्यक्रममा तारकेश्वरमा प्यावसनमा आवद्ध २० विद्यालयहरुले सहभागिता जनाउने छन् । जसमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु रहनेछन् । प्यावसनले आफ्नो रेगुलर इसिएरसिसिए कार्यक्रम अन्तर्गत विविध कार्यक्रमहरु गर्दै आएको छ । प्यावसनले विद्यार्थीहरूमा अन्तर्निहित क्षमताको पहिचान गरी त्यसको उजागर तथा प्रस्फुटन गर्न मद्दत गर्दछ ।

कार्यक्रमबारे जानकारी दिँदै प्यावसनका सचिव नवराज न्यौपानेले भने – सहभागी २० विद्यालयहरुमध्ये गोला प्रथाद्धारा तीन समुहमा विभाजन गरी प्रारम्भिक चरणका प्रतियोगिता हुनेछ । प्रारम्भीक चरणको प्रतियोगिता पश्चात हरेक समूहबाट दुई विद्यालयहरु अन्तिम चरणमा प्रवेश गर्नेछन् । यसरी तीनवटै समूहबाट २–२ विद्यालयहरु छनौट गरी अन्तिम चरणको प्रतियोगिता हुनेछ ।

अन्तिम चरणमा पुगेका ६ वटा विद्यालयहरु मध्ये ४ ओटा विद्यालयहरु प्रथम, द्धितीय, तृतीय र सान्तवनाको रूपमा पुरस्कृत हुने छन् । बिजेता विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । विजेता विद्यालयहरुलाई ट्रफी तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । सहभागी सबै विद्यालयहरुलाई सहभागिताको प्रमाणपत्र गरिनेछ ।

हाजिरी जवाफ प्रतियोगितामा सहभागी हुने विद्यालयहरु स:

एन्जल हार्ट मा।वि।, गोलढुंगा अर्किट मा।वि।, एभरेस्ट स्कुल, हिम रश्मी हाई स्कुल, काठमाडौं लिङ्कन स्कुल, कौशल मा।वि।, लालीगुराँश नेशनल एकेडेमी, ल्याण्डमार्क मा।वि।, माउन्ट लार्के मा।वि।, न्यू इरा मा।वि।, न्यू सिरस मा।वि।, नर्थपोल एकेडेमी, नर्थस्टार मा।वि।, पद्यमचक्र मा।वि।, प्रारम्भ वल्र्ड मा।वि।, रोजमेरी मा।वि।, सेक्रेट हार्ट मा।वि।, सिद्धार्थ मोडेल, स्प्रीङ भ्याली मा।वि।, सृजना ज्ञानसागर मा।वि।ले सहभागिता जनाउने छन् । आजको पत्रकार सम्मेलनमा बोल्दै प्यावसन तारकेश्वरका अध्यक्ष धनबहादुर पुनले भने – प्यावसनमा आवद्ध भएका विद्यालयहरुले आ–आफ्ना विद्यालयहरुमा आलोपालो कार्यक्रमको संयोजक बन्दै आएका छन् । यसपटकको हाजिरी जवाफ कार्यक्रमको संयोजनको जिम्मा लिई सहयोग गर्ने प्रतिवद्धता जनाएका एन्जल हार्ट नेशनल स्कुललाई धन्यवाद प्रकट गर्नुभयो ।

पुनले अर्को एक प्रसङ्गमा भने प्राइभेट स्कुलले महङ्गो फि लियो भन्छन् तर हामीले महिनै पिच्छे इसिए र सिसिएका कार्यक्रम गरिरहेका छौं । हाजिरी जवाफ कार्यक्रममा काठमाडौं जिल्लाबाट प्यावसनका अध्यक्षसमेत आउने जानकारी प्राप्त भएको छ । आगामी दिनमा प्यावसनले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुलाई पनि इसिए र सिसिएमा सहभागि गराउनेछ ।

Must View