नागरिक पोष्ट News


एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा वधाई कार्यक्रम सम्पन्न - रोजमेरी आइडल बोडिङ स्कुल

1.2K

काठमाडौं - रोजमेरी आइडल बोडिङ स्कुलले एसईई परिक्षा २०७८ मा सहभागीहरुलाई बधाई तथा सम्मान गरेको छ । २०७८ सालको एसईई परिक्षामा विगतको भन्दा धेरै ३० जना विद्यार्थी सहभागी भएका थिए । जसमा ४ जनाले ए प्लस ल्याउन सफल भएका थिए । आजको कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष तथा तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्तामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णहरि महर्जनले आफ्नो पहिलो प्राथमिकता सामुदायिक विद्यालयमा सुधार ल्याउनु नैरहेको बताए । त्यस्तै संस्थागत विद्यालयहरुलाई पनि सँगसँगै अगाडी बडाउने बताएका थिए ।

संस्थागत विद्यालयले अराजक तरिकाले फि लिने कार्य नगर्न निर्देशन दिएका थिए । त्यस्तै एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई उच्च शिक्षा सफलताको शुभकामना दिँदै, एसईईमा उत्कृष्ट नतिजा ल्याउन दैनिक लागी पर्ने विद्यालयका प्रिन्सिपल डिपि दाहाल, शिक्षक–शिक्षिकाहरु, अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन टिमलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।

कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज महर्जनले गर्नुभएको थियो । विशेष अतिथिमा विद्यालयका संरक्षक रामकृष्ण महर्जन, तारकेश्वर नगर शिक्षा अधिकारी होमनाथ न्यौपाने, हाम्रो तारकेश्वर किताव लेखक देवेन्द्र अर्याल, तानपा वडा नं। ७ का वडाअध्यक्ष सानुकाजि खत्री, विद्यालयका प्रिन्सिपल दुर्गा प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयले उत्कृष्ट विषयगत शिक्षकहरुलाई पनि सम्मान गरेको थियो । कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका कक्षा १० मा अध्यष्यनरत छात्रा गृष्मा केसीले गरेकी थिइन । राष्ट्रिय ज्ञान विद्यार्थीहरुले म्युजिक बजाएर आफैंले गाएका थिए । विदाई हुने विद्यार्थीको तर्फबाट कृतिका खत्रीले आफुले विद्यालय छाड्नुपर्दाको अनुभव सुनाएकी थिइन ।

कार्यक्रममा समग्र अभिभावकहरुको तर्फबाट छविलाल दवाडीले बोलेका थिए । दवाडीले कक्षा ११ र १२ को कक्षा सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल डिपी दाहालले आफु विद्यालयमा प्रिन्सिपल भएर आइसकेपछि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याएर विद्यार्थी संख्या ९०० पु¥याउन सफल भएको बताउनुभयो । उनले आइएएस अवार्ड पनि प्राप्त गरेको र अब आइओएस अर्वाड प्राप्तिको प्रक्रिया अगाडी बढेको जानकारी दिनुभयो । कक्षा ११ को कक्षा सञ्चालनका लागि आगामी दिनमा कसरी सञ्चालन गर्ने भनेर योजना बनाइरहेको बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेले छोटो समय ६ वर्षमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालयलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।  आजको कार्यक्रममा विद्यार्थीहरुले तीजको अवसरमा विविध सांस्कृतिक प्रस्तुतीहरु पस्केका थिए । कार्यक्रममा बेस्ट शिक्षक अवार्ड शिक्षक नरेस थापा मगरलाई विद्यालयका संरक्षक रामकृष्ण महर्जनबाट प्रदान गरिएको थियो ।

Must View