नागरिक पोष्ट News


नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा तारकेश्वरमा तीज गीत प्रतियोगिता सम्पन्न

1.7K

काठमाडौं - तारकेश्वर नगरपालिका स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजना र हिम रश्मी हाई स्कुलको सहयोगमा हिम रश्मी हाई स्कुलमा भएको छ । तारकेश्वर नगर शिक्षा अधिकारी होमनाथ न्यौपाननेको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । जसमा विशेष अतिथिमा नेपाल राष्ट्रिय शिक्षक संगठनका काठमाडौं जिल्ला पूर्व अध्यक्ष विष्णु पोखरेल, केन्द्रीय सचिव अम्बीका चापागाई, ओप्सका अध्यक्ष लोकन्द्र बहादुर खड्का र सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रधानाध्यापकहरु अतिथि रहेका थिए ।

त्यस्तै नेकपा एमालेका महिला नेतृ सावित्रादेवि शर्मा र भवानी पन्थ लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ । आजको तीज गीत प्रतियोगितामा संगितकार तथा गायकरगायिका अस्मिता धमला हमाल र परिवर्तन केसी नेपालले जर्जको भूमिका निर्वाह गरेका थिए ।

शिक्षिका तिज गीत प्रतियोगितामा ग्रामसेवा माध्यमिक विद्यालय प्रथम भएको छ भने द्धितिय पुरस्कार पाउनेमा पृथ्वीनारायण माध्यमिक विद्यालय बन्न सफल भयो । तृतीय पुरस्कार भने लालीगुराँस विद्याकुञ्जले पाउन सफल भयो । सान्तवना पुरस्कार मेघा पव्लिक स्कुलले प्राप्त गरेको छ । उत्कृष्ट नृत्य गर्नेहरुमा न्यू इरा एकेडेमीका अञ्जु क्षत्री र कालिदेवी मा।वि।का गीता अधिकारी रहेका छन् ।

आजको कार्यक्रममा हिम रश्मी हाई स्कुल र न्यू इरा एकेडेमीका विद्यार्थीहरुले उत्कृष्ट तीज नृत्य प्रस्तुत गरेका थिए भने स्प्रीङ भ्याली स्कुलका पूर्व विद्यार्थीले गीत गाएर सबैलाई छमछमी नचाएका थिए । कार्यक्रममा वाद्यवाद्यकहरुलाई पनिप्रमाणपत्र वितरण गरिएको थियो । आजको कार्यक्रमको सभापति टिएन आचार्यले गर्नुभएको थियो ।

Must View