नागरिक पोष्ट News


काठमाण्डौ क्षेत्र नं ६ (२) मा युवा नेतृत्वको बहस र बलराम सिटौलाको चर्चा

1.1K

काठमाण्डौ - सरकारले मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरे संगै काठमाडौं क्षेत्र नं ६ ९२० को राजनीतिक माहोल निकै तातेको छ। टोखा नगरपालिका तिन वडा र तारकेश्वर नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ६ ९२० मा निर्वाचन मिति घोषणा भए संगै युवा नेतृत्वको बहस निकै जोडतोडले चलिरहेको छ। दुई नगरपालिकाका ११ वडाहरु रहेको यस प्रदेस सभा निर्वाचनमा क्षेत्रमा युवा नेतृत्वको बहस बढिरहेको समयमा युवा नेता बलराम सिटौलाको चर्चा चलेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिका वडा नं ९ को वडा अध्यक्ष पदमा निर्वाचित बनेर देखिने र महसुस हुने काम गरेर लोकप्रिय जनप्रतिनिधिको पहिचान बनाएका युवा नेता सिटौलाले प्रदेस सभा सदस्यको दावी गर्दै आन्तरिक छलफल र परामर्शलाई निकै तीव्रता दिएका छन।

तारकेश्वर नगरपालिकाका नेपाली कांग्रेसक तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका कृष्णहरि महर्जनको गृह वडामा नेकपा एमालेका उम्मेदवारहरुलाई सानदार विजयी गराउन सक्रिय भूमिका निर्वाह गरेका सिटौला सरस्वती क्याम्पसको अखिल फोर्सका अध्यक्ष समेत रहेसकेका छन। रास्ट्रिय युवा संघ नेकपा बसपार्क कमिटीका पुर्व  उपाध्यक्ष समेत रहेका सिटौला हाल तारकेश्वर नगर कमिटीका सचिवालय सदस्य तथा युवा इन्चार्ज रहेका छन ।

नेपाल क्षेल्कुद महासंघ रास्ट्रिय बक्सिङ कमिटीका उपाध्यक्ष समेत रहेका सिटौलाको चर्चा संगै काठमाण्डौ क्षेत्र नं ६ ९२ ० को एमाले  राजनीतिमा निकै ठुलो  तरंग पैदा भएको छ। २०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं६  ९२ ० बाट नेकपा एमालेका योगेन्द्रराज संग्रौलाले १२८१२  मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विष्णुभक्त तिमल्सिनाले ७९१४ मत प्राप्त गरेका थिए।

Must View