नागरिक पोष्ट News


नुवाकोट क्षेत्र न. एक प्रदेश ‘क’ मा निमा हेल्मोको दावी

2.3K

आगामी मङ्सिर ४ गते हुने  प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट १ न।क्षेत्र प्रदेश ‘क’ मा नेपाली कांग्रेसका युवा नेता निमा हेल्मोले आफ्नो दावी रहेको बताएका छन् । मङ्सिर ४ गते निर्वाचन हुने भएसँगै अहिले राजनीतिक दलहरूलाई चुनावी चटारोले छोएको छ भने टिकटका लागि शक्ति केन्द्र धाउनेक्रम समेत सुरु भैसकेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि सिट बाँडफाँट गर्न कार्यदल गठन गरेर गृहकार्य गरिसकेको छ । नुवाकोटमा बिशेष गरि काँग्रेसमा राजनीतिमा ठुलो प्रभाव राख्ने  केन्द्रीय सदस्यहरू धेरै छन् ।

डा।रामशरण महत, डा।प्रकाश शरण महत,अर्जुननरसिंह केसी,बहादुर सिंह तामाङ,जगदिश्वर नरसिंह केसी लगायत धेरै चर्चित अनुहारहरु नुवाकोटमा रहेका छन् । कम्युनिष्ट आन्दोलनबाट राजनीतिमा उदाएका हेल्मो नुवाकोटको राजनीतिमा लामो समय बिताएका परिचित युवा अनुहार हो । राजनीतिक नेतृत्वमा सधै युवालाई पछाडी धकेल्ने प्रबृत्ति बिरुद्द अहिले नुवाकोटमा युवा नेताहरु अब चुनावी मैदानमा आउने तयारीमा लागेका छन् । सत्तारुढ गठबन्धन दलबीच नुवाकोटमा कसले टिकट पाउने भन्ने होडबाजी चलिरहेको बेला हेल्मोले जितको लागि आफ्नो बलियो आधार रहेको दावी गरेका छन् ।

दुईवटा निर्वाचन क्षेत्र भएको जिल्लामा यस अघि एमाले(माओवादी गठबन्धनले जितेको थियो । अहिले ठिक त्यसको बिपरित काँग्रेस(माओवादी गठबन्धन भएपछी काँग्रेस र माओवादी दुबैले टिकटमा आ(आफ्नो दावी गरिरहेका छन् । कांग्रेसबाट उनि उमेद्द्वार भए गठबन्धन हुँदा उनलाई जित निकाल्न खासै मुस्किल नपर्ने देखिन्छ । तर यो क्षेत्र गठबन्धनबाट कसले पाउने भन्ने बारे अहिलेसम्म यकिन भएको छैन । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी मिल्दा स्वत गठबन्धन बलियो हुने हुँदा कांग्रेसमा आकांक्षीहरु समेत  धेरैको रहेको बुझिन्छ ।

उनि बि।स।२०६४ सालको पहिलो सविंधानसभा निर्वाचनमा तद्कालिन नेकपा माओवादीबाट समानुपातिक सांसदको सिफारिसमा परेका थिए । अल्पसंख्यकको सूचीमा रहेको हेल्मो समुदायका उनलाई आगामी निर्वाचनमा कांग्रेसले पनि अगाडी बढाउन खोजेको उनका निकस्टहरु बताउँछन् । सरकारले देशको कुल जनसंख्याको ०।५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई अल्पसंख्यक सूचीमा राखेको छ । काँग्रेस(माओवादी गठबन्धन भएपछी काँग्रेस र माओवादी दुबैले टिकटमा आ(आफ्नो दावी गरिरहेका बेला हेल्मोले आफुले टिकट पाए निर्वाचन जित्ने दावी गरेका छन् ।

युवा पुस्तामाझ लोकप्रिय रहेका हेल्मो पुरानो पुस्ताको लागि समेत परिचित अनुहार हो । करिव २५ बर्ष कम्युनिष्ट राजनीतिमा आफ्नो जीवन समर्पित गरेका निमाले राजनीतिको अन्तिम केन्द्र बिन्दु नै नेपाली कांग्रेस भएकाले उनले सो पार्टी रोजेको उनका निकस्टहरु बताउँछन् । अरुले राजनीतिलाई पेसाको रुपमा कमाइ खाने भाँडो बनाएको भन्दै उनले आफुले सेवा गर्न नेतृत्वमा आउन चाहेको बताएका छन् । नुवाकोटका अधिकांस युवाहरु पुरानो अनुहार पुरानो व्यवहार भन्ने अबस्थामा पुगेको भन्दै उनले नुवाकोट परिवर्तन हुन आधुनिक प्रबिधिसंगै समयानुकूल नयाँ युवा राजनीतिमा आउनुपर्ने बिचार राख्दै आफ्नो दावी प्रस्तुत गरेका छन् ।

नुवाकोटको आधुनिक बिकास र समयसापेक्ष राजनीतिलाई नयाँ शिराबाट अगाडी बढाउन आफुले निर्वाचनमा टिकट दावी गरेको उनको धारणा छ । नुवाकोटले आफ्नो मुहार फेर्न राजनीतिक अनुहार समेत फेर्न चाहेको अहिलेको अबस्थामा बिकासको प्रचुर सम्भावना बोकेको नुवाकोट राजनीतिक खिचातानीको सिकार हुँदा आर्थिकस्तरमा खासै उन्नति गर्न सकेको छैन भने युवा पुस्ताबाट नुवाकोटले आफ्नो उन्नति चाहेको देखिन्छ । अहिले नुवाकोटमा  कसले टिकट पाउला र कसले जित्ला भन्ने भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका हेल्मोले टिकट पाए जित्ने आ(आफ्नै तर्कसहित चर्चा सुरु भैसकेको छ । राजनीतिको केन्द्रमा भएर पनि राजधानीले बिर्सेको नजिकको नुवाकोटले पुरानोलाई सम्मान युवालाई स्वागत गर्न आतुर रहेको पाउन सकिन्छ ।

Must View