नागरिक पोष्ट News


करारका कर्मचारी हटाउने निर्णयको बिरोध गर्दे एमाले संसदीय दलले मेयरलाई बुझाए ध्यानाकर्षण पत्र

1.2K

काठमाडौं - तारकेश्वर नगरपालिकाले नगरभित्रका करार कर्मचारी निकाल्ने भएपछि संघर्ष सुरु भएको छ । नगरपालिकाको साउन २९ गतेको च नं ६१६ को पत्र मार्फत सबै वडा कार्यालय र नगरका शाखाहरुलाई २०७४ सालमा नियुक्ती भएका अस्थायी कर्मचारी हटाउन पत्रचार गरेपछि एमाले संसदीय दलले बुधबार मेयर कृष्णहरि मर्हजन समक्ष ध्यानाकर्षण गराएको हो।

एमाले संसदीय दलले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १७ को उपदफा ३ अनुसार कुनै ठोस निणर्य बिना ब्यक्ती बिषेश नभई वडा कार्यालय मार्फत पत्र पठाई प्रचलित ऐनको धज्जी उडाएको बताएको छ । मैजुदा जनशक्ती घटाई नगरपालिकाको सेवा प्रवाहलाई प्रवाब पार्न नमिल्ले भन्दै यसको बैकल्पीक ब्यवस्था माथी प्रश्न उठाएको छ ।

 

नगरपालिकाको जनबिरोधी निणर्यलाई एमाले संसदिय दलले घोर बिरोध तथा भ्रस्सना गर्दे सो निर्णयको पुनरावलोकन गर्न माग गर्दे ध्यानाकर्षण गराएको हो ।

साउन २६ गते बसेको कार्यपालिका बैठकले साबिक गा।बि।स बाट नियुक्ती भएका स्वास्थ , शिक्षा लगायतका शाखागत कर्मचारीहरुको करार नवीकरण नगर्ने निर्णयसंगै नगरपालिकाका कर्मचारी भित्र नयाँ हलचल सुरु भएको छ ।

तारकेश्वर नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले केही समयअघि नगर प्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाएका थिए ।

 

Must View