नागरिक पोष्ट News


करारका कर्मचारी हटाउँदै तारकेश्वर , गुम्नेभयो १०० भन्दा बढीको रोजगारी

1.3K

काठमाडौं - तारकेश्वर नगरपालिकाले नगरभित्रका करार कर्मचारी निकाल्ने भएको छ । नगरपालिकाको साउन २९ गतेको च नं ६१६ को पत्र मार्फत सबै वडा कार्यालय र नगरका शाखाहरुलाई २०७४ सालमा नियुक्ती भएका अस्थायी कर्मचारी हटाउन पत्रचार गरेको छ ।

साउन २६ गते बसेको कार्यपालिका बैठकले साबिक गा।बि।स बाट नियुक्ती भएका स्वास्थ्य, शिक्षा लगायतका शाखागत कर्मचारीहरुको करार नवीकरण नगर्ने निर्णयसंगै नगरपालिकाका कर्मचारीभित्र नयाँ हलचल सुरु भएको छ । नगरपालिकाले निकालेको सूचनामा करारका कर्मचारीलाई पनि दुई तहमा विभाजन गरेको छ । यसले कर्मचारीहरुमा एकले अर्कोलाई सहयोग नगरोस् भन्ने नगरपालिकाको सूचनाबाट प्रष्ट हुन्छ । रोजीरोटी गुमेपछि नाम नबताउने शर्तमा हाम्रो सम्पर्कमा आएका कर्मचारीहरुले भनेका छन् – हाम्रो रोजीरोटी नगरपालिकाले खाइदियो । हाम्रा बालबच्चा र परिवारको कन्तविजोक हुने भयो । हामी लोकसेवा लडेर आउन तयार छौं ।

नगरपालिकाले आगामी दिनमा लोकसेवाबाट मात्र कर्मचारी राखिँदा आफुहरुलाई अन्याय नहुने तर लोक सेवाबाट नल्याई आफ्ना आसेपासे कार्यकर्ता राखिए सशक्त आन्दोलनमा उत्रिने बताएका छन् । यहि नगरपालिकामा जन्मेर यहिँ माटोमा हुर्किएर आफ्नै नगरपालिकाले कामको कुनै मूल्याङ्कन नगरी कामबाट निकाल्दा असाध्यै पिडा भएको बताएका छन् । हाम्रो गल्ती र कुनै कमजोरी भए केही फरक पर्दैन थियो । अनि करारलाई तह विभाजन गरेर नगरपालिकाले केहीलाई अहिलेलाई जोगाउन खोजेको तर कर्मचारीहरुमा एकरूपता नआओस् र विभाजन भएर हटाउन सजिलो होस् भनेर यस्तो भूमिका खेलेको बुझिन्छ ।

तारकेश्वरको यो निर्णयले करार सेवामा कार्यरत १०० भन्दा बढीको रोजगारी गुम्ने देखिन्छ । आजैबाट वडा र स्वास्थ्य कार्यालयहरुमा करारका कर्मचारीहरूलाई हाजिर नगराउन जानकारी समेत नगरपालिकाले गरिसकेको छ ।

कर्मचारी हटाउने बिषयमा गरिएको निर्णयमाथि कांग्रेसकै नेता कार्यकर्ताबाट बिरोध सुरु भएको छ । खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकास गर्न खोजेको एमाले तारकेश्वरको आरोप छ भने यसको विरुदमा विभिन्न संघर्षको कार्यक्रम गर्ने बताएको छ ।

हेर्नुहोस नगरपालिकाको सूचना

 

Must View