नागरिक पोष्ट News


वैदेशिक रोजगारीमा गएकाहरुबाट ८४.६६ खर्ब रेमिट्यान्स भित्रियो

0.9K

काठमाडौँ – बितेको १४ वर्षमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन् । 

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०६५र६६ देखि २०७८र७९ सम्मको अवधिमा उनीहरु रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका हुन् । यो संख्या पुनः श्रम स्वीकृति लिने बाहेकको हो । वैदेशिक रोजगारीमा जानेमध्ये ४७ लाख १४ हजार ५९१ जना पुरुष र २ लाख ८६ हजार २४२ जना महिला रहेका छन् । 

गत आर्थिक वर्ष २०७८र७९ मा सबैभन्दा ठूलो सङ्ख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको बोर्डले जनाएको छ । गत वर्ष ६ लाख ३० हजार ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

बोर्डको अनुसार आर्थिक वर्ष २०६५र६६ मा २ लाख १९ हजार ९६५, २०६६र६७ मा २ लाख ९४ हजार ९४, २०६७र६८ मा ३ लाख ५४ हजार ७१६, २०६८र६९ मा ३ लाख ८४ हजार ६६५, २०६९र७० मा ४ लाख ५० हजार ८८९ र २०७०र७१ मा ५ लाख २७ हजार ८१९ जना वैदेशिक रोजगारीमा गएका थिए । 

यस्तै, आर्थिक वर्ष २०७१र७२ मा ४ लाख ९९ हजार १०२, २०७२र७३ मा ४ लाख ३ हजार १७४, २०७३र७४ मा ३ लाख ८३ हजार ४९३, २०७४र७५ मा ३ लाख ५४ हजार ८२, २०७५र७६ मा २ लाख ३६ हजार २०८, २०७६र७७ मा १ लाख ९० हजार ४५३ र २०७७र७८ मा ७२ हजार ८१ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

८४।६६ खर्ब रेमिट्यान्स भित्रियो

बितेको १४ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरुबाट नेपालमा ८४।६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

यो अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष भित्रिएको थियो । गत आर्थिक वर्ष २०७८र७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ नेपाल भित्रिएको बोर्डले जनाएको छ । 

बोर्डका अनुसार आर्थिक वर्ष २०६५र६६ मा २ खर्ब ९ अर्ब रुपैयाँ, २०६६र६७ मा २ खर्ब ३१ अर्ब रुपैयाँ, २०६७र६८ मा २ खर्ब ५३ अर्ब रुपैयाँ, २०६८र६९ मा ३ खर्ब ५९ अर्ब रुपैयाँ, २०६९र७० मा ४ खर्ब ३४ अर्ब रुपैयाँ, २०७०र७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१र७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२र७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३र७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४र७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ, २०७५र७६ मा ८ खर्ब ७९अर्ब रुपैयाँ, २०७६र७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ र २०७७र७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

करिव ११ हजारले गुमाए ज्यान 

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरूमध्ये १० हजार ९३२ जनाको उतै मृत्यु भएको छ । 

सबैभन्दा बढी नेपाली कामदारको विदेशी भूमिमा मृत्यु गत आर्थिक वर्ष २०७८र७९ भएको थियो । सो वर्ष वैदेशिक रोजगारीका सिलसिलामा १ हजार ४७९ जनाको मृत्यु भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०६५र६६ मा ७८, २०६६र६७ मा ४२१, २०६७र६८ मा ५६४, २०६८र६९ मा ६४७, २०६९र७० मा ७७२, २०७०र७१ मा ८७७, २०७१र७२ मा १ हजार ६, २०७२र७३ मा ८२६, २०७३र७४ मा ७५८, २०७४रर७५ मा ८२६, २०७५र७६ मा ७६३, २०७६र७७ मा ६७२ र २०७७र७८ मा १ हजार २४३ जनाको मृत्यु भएको छ । 

बोर्डका अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न दुर्घटनामा परी अंगभंग हुनेको संख्या २ हजार १२५ रहेको छ ।

Must View