नागरिक पोष्ट News


१२.४ प्रतिशतले खुम्चियो बैंक तथा वित्तीय संस्थाको निक्षेप वृद्धि

875

काठमाडौं -  गत आर्थिक वर्ष २०७८–७९ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको वृद्धि १२।४ प्रतिशतले खुम्चिएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१।४ प्रतिशतले बढेको थियो ।

२०७९ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८।९ प्रतिशत, २७।६ प्रतिशत र ५५।८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः १०।४ प्रतिशत, ३४।२ प्रतिशत र ४७ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८।३ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा यस्तो निक्षेपको अंश ४२।७ प्रतिशत रहेको थियो ।

Must View