नागरिक पोष्ट News


महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : ओली

1K

काठमाडौं - भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलको ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेर आएको छ ।

अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । भारतबाट मूल्य सस्तिएर आउँदा पनि निगम घाटा रहेको निगमका अधिकारीहरु बताउँछन् । नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने छ ।

इन्धनको मूल्य लगातार वृद्धि भइरहेका बेला पछिल्लो पटक लगातार तेस्रो पटक घटेर इन्धनको मूल्य आएको हो । यसअघि दुई पटक घटेको मूल्यमा उपभोक्ता मूल्य नघटाएको भन्दै निगमको आलोचना भएको थियो । यसपटक मूल्य घटाउने वा नघटाउनेबारे मंगलबार नै पत्रकार सम्मेलन गरेर जानकारी गराउने निगम स्रोतले जानकारी दिएको छ ।

Must View