नागरिक पोष्ट News


वर्षापछि सडकमा असरल्ल फोहोर (फोटो फिचर)

637

काठमाडौं - काठमाडौं सडक र फुटपाथमा थुप्रिएको फोहोर वर्षाले गर्दा छरपस्ट भएको छ ।

काठमाडौंका पुतलीसडक, जमल, सिनामंगल, बागमती नदीकिनारमा रहेको फोहोर पानीमा डुबेर छरपस्ट भएको छ । काठमाडौं महानगरपालिकाको फोहोर सहज ढंगले नउठेको एक महिनाभन्दा धेरै भइसकेको छ ।

सडकका छेउमा थुप्रिएको फोहोर शनिबारदेखि परेको पानीले जलमग्न भएको सडकमा तैरिएर भद्रगोल भएको हो । काठमाडौं कालीमाटीको प्रवेशद्वार फोहोरको डंगुरले बन्द भएको छ । सहरका मुख्य चोकहरु फोहोरको डंगुरले अस्तव्यस्त छन् ।

धेरैपछि शनिबार फोहोर बोकेका गाडी बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन् । ठूलो संख्यामा प्रहरी तैनाथ गरेर फोहोर बञ्चरेडाँडा लगिएको थियो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साह ९बालेन०का अनुसार हिजो फोहोरका १५२ वटा गाडी बञ्चरेडाँडामा पुगेका छन् । कुनै अवरोध नभएमा आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको दाबी छ ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्न महानगरका ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरूबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिक रुपमा १५० गाडी फोहोरको व्यवस्थापनमा हुनुपर्ने बताएका छन् ।

Must View