नागरिक पोष्ट News


विकिनीमा विन्दास स्वस्तिमा

1.4K

काठमाडौं - यसो भन्न मुख बारिरहनु परेन, स्वस्तिमा अहिलेकी नम्बर वान अभिनेत्री हुन् । चाहे अभिनयको गुणवत्ताले होस् वा सिनेमाको संख्याले, स्वस्तिमा समकालीन अभिनेत्रीको भीडमा एक कदम अगाडि छिन् ।

‘होस्टल रिर्टन्स’बाट जतिबेला उनी पर्दापण गर्दै थिइन्, त्यसबखत दर्शकको नजर उनीमाथि परेकै थिएन । भनिन्छ नि, निरन्तरको प्रयासले सफलताको ढोका खोल्छ । उनको हकमा त्यही भयो । स्वस्तिमाले आफ्नो प्रयास अविछिन्न जारी राखिन् । आखिरमा उनलाई सफलताले पच्छ्याएरै छाड्यो । नतिजा, उनले फुर्सद पाइनन् ।

एकपछि अर्को सिनेमाले स्वस्तिमालाई व्यस्त बनाइरह्यो । कोभिड महाव्याधियता उनी अभिनित ‘चपली हाइट ३’, ‘चिसो मान्छे’ प्रदर्शनमा आयो । त्यसपछि भने उनको कुनै सिनेमा प्रर्दशन वा प्रदर्शोन्मुख छैन । सम्भवतः यतिबेला उनलाई फुर्सद मिलेको छ । त्यसैले त उनी फुर्सदिला दिनहरु कटाउन अमेरिकातर्फ लागिन् ।

यो फुर्सदको क्षणमा उनले भरपुर रमाइलो गरेको छनक पाइन्छ । कहिले ज्याक्सन हाइटमा सौन्दर्य प्रसाधन किनमेल गरिरहेको देखिन्छ भने कहिले समुद्री छालमा खेलिरहेको ।

Must View