नागरिक पोष्ट News


लक्ष्य उछिन्दै मूल्य वृद्धि दोब्बर, महँगो भयो भान्सा

595

काठमाडौं - सरकारले कायम राख्ने गरी लिएको लक्ष्य उछिन्दै अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा उच्च मूल्य वृद्धि भएको छ । यस आवमा सरकारले ६।५ प्रतिशतमा सीमित राख्ने बताएको थियो ।

तर, २०७९ असारमा एक वर्ष पहिलाको तुलनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८।०८ प्रतिशत कायम भएको छ । यो २०७८ असारको वृद्धिदर भन्दा करिब दोब्बर हो । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७८ असारमा भने ४।१९ प्रतिशत रहेको थियो । एक वर्षको बीचमा बढेको मूल्य अनुसार वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ६।६२ प्रतिशत रहेको छ ।

यस तथ्यांक अनुसार पनि नेपालमा अघिल्लो आर्थिक वर्षमा दोब्बर मूल्य वृद्धि भएको देखिएको छ । आव २०७७र७८ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३।६० प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार यस आवमा नेपालीको भान्सा बढी महँगो भएको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत पर्ने घ्यू तथा तेलमा २६।१३ प्रतिशत दाल तथा गेडागुडीमा ९।९२ प्रतिशत मूल्य वृद्धि भएको छ ।

सूर्तीजन्य पदार्थमा ९।८४ र मदिरामा ८।५७ प्रतिशत मात्र मूल्य वृद्धि भएको छ । गैरखाद्य तथा सेवा समूहमा यातायातमा १५।८२ प्रतिशत, शिक्षामा ८।७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ७।०९ र मनोरञ्जन तथा संस्कृतिमा ६।६८ प्रतिशतको मूल्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Must View