नेप्से करिब ५६ अंकले उकालो, २ अर्ब ४३ करोड बढीको कारोबार
1.1K
काठमाडौं, ३० साउन । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयर कारोबार उकालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५५।८५ अंकले बढेर २०६५।८६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २।७८ प्रतिशतले बढी हो ।
सोमबार २१५ कम्पनीको ६० लाख २६ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । ठुला कम्पनिको उपसूचक ११।२२ अंकले बढेर ३९८।१३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २।९० प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार बढेको भने छ आज सबै भन्दा धेरै र्निजिवन बिमा समूहका कम्पनीको कारोबार २५४।१९ अंकले बढेर ८३१०।२९ अंकमा पुगेको छ ।