नागरिक पोष्ट News


मनमैजु माविले गर्यो एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी र विषयगत उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम

1.1K

काठमाडौं - विद्यालयका लागि तानपा ९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जनले विद्यालयले दिनेबाहेक व्यक्तिगत रूपमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत उत्कृष्ट शिक्षकका लागि वार्षिक ५० हजार सहयोग गर्ने घोषणा गर्नुभयो ।  सुशान्त न्यौपाने शनिबार, साउन २८ २०७९ २८ साउन, काठमाडौं । मनमैजु माध्यमिक विद्यालयले बिहिबार एक कार्यक्रम गरेर एसईई परिक्षा २०७८ मा उत्कृष्ट जीपीए ल्याउने ३ जना विद्यार्थी र विषयगत उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । नगर शिक्षा अधिकारीलाई होमनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अतिथिहरुमा कुमाल थापा र चिनिमैया थापा स्मृति छात्रवृत्ति कोषका संस्थापक, शिक्षा प्रेमि तथा समाजसेवि सुरेन्द्र थापा, तारकेश्वर वडा नं। ९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनकमान महर्जन, विद्यालयका पूर्व प्रअ भक्तमान महर्जन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरू, अभिभावकहरुको उपस्थिति रहेको थियो । , एसईई उत्तीर्ण विद्यार्थीहरु, कक्षा ९ र १० का विद्यार्थीहरु त्यस्तै विद्यालयले आयोजना गरेको इसिए र सिसिए कार्यक्रममा पुरस्कृत विद्यार्थीहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याई पुरस्कृत हुने विद्यार्थीहरुलाई शिक्षाप्रेमी, समाजसेवी सुरेन्द्र थापाद्वारा स्थापित कुमाल थापा तथा चिनीमैया थापा स्मृति छात्रवृत्ति कोषबाट पुरस्कार प्रदान गरिएको थियो । जसमा ज्ञानकुमारी रोका मगरले एसईईमा ३।३५ सबैभन्दा उच्चतम जीपीए ल्याउन सफल भएकी थिइन । उनलाई प्रशंसापत्र र नगद ४ हजार प्रदान गरिएको थियो । त्यस्तै विवेक थापाले ३।२० जीपीए प्राप्त गरेका थिए उनलाई प्रशंसापत्र सहित ३ हजार नगद प्रदान गरिएको थियो । दिपेन्द्र कोइरालाले एसईइमा ३।१५ जीपीए प्राप्त गरेका थिए । उनलाई प्रशंसापत्रसहित २ हजार नगद प्रदान गरिएको थियो ।

विद्यालयबाट पुरस्कृत हुने शिक्षकहरुमा स्

सैद्धान्तिक तर्फको औषत जीपएको आधारमा विद्यालयका प्रधानाध्यापक रविना महर्जनले कार्यालय सञ्चालन र लेखा विषयमा अध्यापन गराउँदा २।९६ बाट प्रथम पुरस्कार शासिल गर्नुभएको थियो । उहाँलाई प्रशंसापत्र र नगद ४ हजारबाट सम्मान गरिएको थियो ।

त्यस्तै द्धितिय पुरस्कार प्राप्त गर्न विद्यालयका सहायक प्रधानाध्यापक सन्दिप सापकोटाले आफ्नो विषय जनसंख्या, स्वास्थ्य तथा वातावरण शिक्षामा २।६७ जीपीए प्राप्त गरेका थिए । उहाँलाई प्रशंसापत्र र नगद ३ हजार प्रदान गरिएको थियो । त्यस्तै बन्दना घतानी झाले अनिवार्य अंग्रेजी विषयमा २।४५ जीपीए प्राप्त गरी तृतीय स्थान हासिल गरेकी थिइन । उनलाई प्रशंसापत्र र नगद २ हजार प्रदान गरिएको थियो ।

मनमैजुमा मा।वि।मा अध्ययन गर्ने नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुका लागि सञ्चालन गरिएको विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने १२३ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

मनमैजु माध्यमिक विद्यालयले वर्षैपिच्छे उत्कृष्ट विद्यार्थी र विषयगत रूपमा उत्कृष्ट शिक्षकरशिक्षिकालाई सम्मान गर्दै आएको छ । सम्मानका लागि विद्यालयले शिक्षकहरुका लागि विषयगत सैद्धान्तिक जीपीएलाई आधार बनाएको । यसले शिक्षकलाई थप अभिप्रेरित गरि शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक रविना महर्जनले बताउनुभयो ।

कार्यक्रममा विद्यालयले पुरस्कृत हुने शिक्षकहरुबाहेक सबै तहका १८ जना शिक्षकहरु, सरसफाइ कर्मी, सेक्युरिटी गार्डलाई मायाको चिनो हस्तान्तरण गरेको छ ।  कार्यक्रमलाई थप रोचक बनाउन विद्यार्थीहरुले विभिन्न नृत्य र गायनहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्ने प्रमुख अतिथि तथा अतिथिहरुले एकै स्वरमा अब सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा मात्र जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष श्यामकृष्ण महर्जनले व्यक्तिगत रूपमा आफुले विद्यार्थीहरुका लागि थप ४० हजार र शिक्षकहरुका लागि थप १० हजार नगद पुरस्कार आगामी वर्ष २०७९ को सम्मान कार्यक्रमबाट लागु गरिने घोषणा गर्नुभयो । महर्जनले आगामी वर्षको कार्यक्रम साँघुरो स्थानमा नभई खेल मैदानमा हुने बताउनुभयो । खेलमैदान निर्माणका लागि वडाले पहलकदमी गरेर निर्माण गर्ने बताउनुभयो ।

Must View