नागरिक पोष्ट News


नेपालमा पर्यटक आकर्षित गर्न प्रचार बढाउनु आवश्यक छ : पर्यटन मन्त्री

861

काठमाडौं -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताउँदै प्रचारप्रसार बढाउनु पर्ने बताएका छन् ।

सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले नेपाललाई वर्षभरि नै पर्यटक आउने पर्यटकीय गन्तव्यस्थल बनाउनु पर्नेमा जोड दिए ।

विदेशमा रहेका हरेक नेपालीहरुले कम्तिमा एक जना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वातावरण सिर्जना गर्ने अभियान थालिएको बताए । उनले सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवद्र्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढिरहेको उनले बताएका छन् ।

उनले सरकार पदयात्रा क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवद्र्धन गर्ने कुरामा प्रतिवद्ध रहेको बताए । मन्त्री श्रेष्ठले विकासको कारणले ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने बताए तथा स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघि बढाउने प्रतिवद्धता उनको छ ।

सोमबारदेखि सुरु भएको टानको वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

Must View