नागरिक पोष्ट News


नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश राष्ट्रिय हित अनुरूप : भीम रावल

693

काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकमा खुकुलो प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको बताएका छन् । देशलाई कमजोर पार्ने उदेश्यले ल्याएको नागरिकता विधेयक राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएर राष्ट्र हितमा काम गरेको समेत उनले जनाएका छन् ।

‘खुकुलो नागरिकताले नेपाल कमजोर पार्ने प्रपञ्च छ । नेपालीले सहजै नागरिकता पाउने र विदेशीले नपाउने नीति देश हितमा छ,’ नेता रावलले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश संविधानको धारा ११३ ९३० र राष्ट्रिय हित अनुरूप छ । देश हित रक्षामा संविधानसम्मत पाइला चाल्नु उहाँको कर्तव्य हो ।’

प्रमाणीकरणको लागि सभामुखले पठाएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभामा फिर्ता पठाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

Must View