धरानका मेयर साम्पाङ काठमाडौँमा
784
काठमाडौँ - धरानका मेयर हर्क साम्पाङ काठमाडौँमा आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौँ आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौँ आएका हुन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’