नागरिक पोष्ट News


आगामी निर्वाचनको सुरक्षाका लागि सबै तयारी सुरु

609

काठमाडौँ – काठमाडौँ प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी निर्वाचनको सुरक्षाका लागि सबै प्रकारको तयारी सुरु गरिसकेको जानकारी दिएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक स्रोत साधनका लागि गृहमन्त्रालयमा प्रस्ताव पठाइसकिएको र अन्य तयारी समेत सुरु भइसकेको जानकारी दिएका हुन् ।

उनले निर्वाचनमा ४० दिनको लागि म्यादी भर्ना गर्ने तयारी भइरकेको र यसपटक म्यादी प्रहरीको संख्या बढ्ने बताए । यसअघिको भएका स्थानीय तह निर्वाचनमा प्रहरीले आफ्नो व्यवसायीता देखाएको र शान्तिपूर्ण तथा विश्वसनिय तवरले निर्वाचन सम्पन्न भएको उनको भनाई छ । उनले आफ्नो कार्यकालमा विगतको महानिरीक्षकका कामहरूलाई निरन्तरता दिँदै आएको र संगठनको लक्ष्य अनुसार काम अघि बढाएको धारणा राखे । महानिरीक्षक सिंहले प्रहरीको बढुवा न्यायसङ्गत नै भएको दाबी गरे ।

पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंह नेतृत्वका आएपछि भएका र भावी योजनाहरूका बारेमा जानकारी गराइएको थियो । 

Must View