नागरिक पोष्ट News


भक्तपुर सुडालको कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेब शिवमुर्तिको शिलान्यास : देशकै अग्लो महादेबको मुर्ति हुने दाबी

2.5K

भक्तपुर । भक्तपुर सुडालको कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेबको शिवमूर्ती बन्ने भएको छ । मंगलबार नाग पञ्चमीको अवसरमा कल्पेश्वर महादेवको शिवमूर्ती शिलान्यास गरिएको हो ।

देशकै अल्लो हुने दाबी गरिएको सो शिवमुर्तिको सिलान्यास पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव(तान्त्रिक बुद्धिकुमार गुरुले संयुक्त रुपमा गरेका हुन् । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ८ र काभ्रेको बनेपा नगरपालिकाको सिमानामा बन्न लागेको सो शिवमूर्तीले आन्तरिक तथा वाह्य पर्यटन आगमनमा ठुलो भुमिका खेल्ने विश्वास स्थानियले लिएका छन् । सोही कारणले स्थानियहरु उत्साहजनक उस्पस्थिती रहेको थियो ।

शिवमुर्ति सिलान्यासका लागि मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव(तान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा लतिलपुरको बालकुमारीबाट ‘नाग राजा’को मुर्ति लिएर करिव ३५ वटा गाडीमा ५ सय भन्दा बढी भक्तजन बाजा(गाजा तथा झाँकी जुलुस सहित मुर्ति निर्माण स्थल पुगेका थिए । सो अवसरमा नागपञ्चमीको विशेष पुजाआजा समेत सम्पन्न गरिएको थियो ।

 

साथै औपचारिक कार्यक्रम गरेर शिवमुर्ति निर्माण कार्य थालनीको उद्घोष गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले एउटा सामान्य परिवारमा जन्मेर शिव(तान्त्रिक बुद्धिकुमार गुरुले अत्यन्तै सह्रानिय काम गरेको बताए ।

देशकै अग्लो मुर्ति निर्माणको थालनीले आफु अत्यन्तै प्रभावित भएको बताउँदै श्रेष्ठले आफु पनि सो संस्थाको आजिवन सदस्य बनेको बताए । कल्पेश्वर महादेबको मुर्ति निर्माण गर्ने कुरामा आफुले सबै खाले सहयोग तथा सहकार्य गर्न तयार रहेको श्रेष्ठले बताए ।

भक्तजनहरुलाई मानव कल्याण अध्यामिक प्रतिष्ठानका संरक्षण शिव(तान्त्रिक बुद्धिकुमार गुरुले भने ‘हामी सधै सत्यको मार्गमा हिँड्नु पर्छ । हामी सबैको जिवन छोटो छ । यो छोटो जिवनमा हामी सबैले परमार्थको काम गर्नु पर्दछ ।’ उनी भन्छन् ‘मैले यस ठाउँमा १०८ फिट अग्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणको काम जसरी पनि पुरा गर्ने अठोट लिएको छु । बरु एक छाक खाना किन छोड्नु नपरोस् तर पुरा गर्ने नै छु ।’ सो काममा आफुले मात्रै साँढे ६ करोड रकम खर्चने र श्रद्र्धालु भक्तजनको मुख्य हात रहने उनले बताए । त्यसैगरी स्थानिय, प्रादेशिक र संघीय सरकारका प्रतिनिधिहरुले पनि मुर्ति निर्माणमा सहयोग पुर्याउने प्रतिबद्धता जनाएबाट आफु उत्साहित रहेको बताए ।

कार्यक्रममा अतिथिहरुको रुपमा राष्टिय गानका रचनाकार ब्याकुल माइला, ग्रनीसिटि हस्पिटलका अध्यक्ष तथा समाजसेवी लोकबहादुर टण्डन, एमालेका युवा नेता तथा समाजसेवी विष्णुजङग बस्नेत, चाँगुनारायाण वडा नं ८ का अध्यक्ष कमल प्रसाद घिमिरे, समाजसेवी मेनुका थापा र मेनका बस्नेत तथा स्थानियहरुको बाक्लो उपस्थीति रहेको थियो ।

कार्यक्रममा बोल्दै ग्रनीसिटि हस्पिटलका अध्यक्ष तथा समाजसेवी लोकबहादुर टण्डनले गुरु शितान्त्रिकले अत्यन्तै प्रसंसनीय काम गरेको भन्दै मुर्ति निर्माणको लागि रु १ लाख ५१ हजार नगद सहयोग समेत आयोजकलाई हस्तान्तरण गरेका थिए । साथै स्थानिय स्तरबाट पनि मुर्ति निर्माणको लागि सहयोगहरु आउन थालेका थियो । कार्यक्रमको सभापतित्व समाजसेवी तथा बयोवृद्ध पत्रकार रामकृष्ण कर्माचार्यले गरेका थिए । मानव कल्याण अध्यामिक प्रतिष्ठानका महासचिव कृष्ण राज तिमल्सिनाले १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमूर्ती छिट्टै बन्ने र सो मुर्ति बने पश्चात त्याहाँका स्थानीयलाई पनि ठुलो राहत हुने र यसले विश्व सामु देशको नाम लिन नि सहयोग गर्ने बताउनु भयो । कार्यक्रम सञ्चालन ओमकार टेलिभिजनका मुकुन्द शर्माले गरेका थिए ।

Must View