नागरिक पोष्ट News


महिला सञ्चारकर्मी कविता शर्मा नागरिक सम्मान–२०७९ बाट सम्मानित

3.1K

काठमाडौं, सञ्चारकर्मी एवं शिक्षाकर्मी कविता शर्मा नागरिक सम्मान–२०७९ बाट सम्मानित भएकी छिन् ।  नागरिकपोष्ट डट कम को आठौं वार्षिक उत्सवको अवसर मा नागरिक सम्मान–२०७९ ले शर्मा सम्मानित हुनुभएकोे हो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो । शर्माले संचारक क्षेत्र, मिडियाको शैक्षिक विकासमा योगदान तथा सामाजिक सेवा मार्फत महिला तथा बालबालिकाको क्षेत्रमा योगदान पुर्याएकोले सो योगदानको कदर गर्दै सम्मान गरेको आयोजकले जनाएको छ ।  कविता शर्मा सबल नेपाल डट कमका प्रधान सम्पादक हुनुहुन्छ । साथै दक्षिण एसियामा महिलाको व्यवस्थापनमा संचालित पहिलो एफएम रेडियो, रेडियो मुक्तिकी संस्थापक अध्यक्ष कविता शर्मा सेफर्ड कलेजकी क्याम्पस प्रमुख समेत हुन् । उहाँले महिला, बालबालिका तथा अपांगता अधिकारको क्षेत्रमा सामाजिक अभियान समेत चलाउँदै आएउनुभएको छ ।

Must View