नागरिक पोष्ट News


सर्बश्रेष्ठ नागरिक सम्मानद्वारा ब्रहम्वेत्ताचार्य अजुर्न विरक्ति तोत्रीय सम्मानित 

1.3K

भोला तिमल्सिना , काठमाडौँ - ब्रहम्वेत्ताचार्य अजुर्न विरक्ति तोत्रीय सर्बश्रेष्ठ नागरिक सम्मानद्वारा सम्मानित हुनु भएको छ । नागरिक पोस्ट डटकम को आठौँ बार्षिक उत्सबको अबसरमा आयोजित  नागरिक सम्मान कार्यक्रममा विरक्ति सम्मानित हुनुभएको हो। काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित बिसेष समहरोहमा विरक्ति सहित समाजमा योगदान पुराउनु भएका फरक विधाका व्यक्तित्व हरु सम्मानित हुनु भयो । 

बरिष्ठ पत्रकार भैरब रिसालको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व रक्षा मन्त्रि एबम प्रतिनिधि सभा सदस्य भिमसेन दाष प्रधान , पूर्व युवा तथा खेलकुद मन्त्रि एबम प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ्ग , बागमती प्रदेश सभा सदस्य एबम पूर्व मन्त्रि केशब राज पाण्डे , संबिधान सभा सदस्य एबम नेपाली कांग्रेसका युबा नेता जगदिश्वर नरशिङ्ग केसी, बरिष्ठ कलाकार राजाराम पौडेल , बरिष्ठ कलाकार कुमार बस्नेत, तत्कालिन  राजा परिसदका सदस्य उत्तम कुमार परियार, बरिष्ठ गायक शिब नारायण जोशी लगायत अथितिहरुको उपस्थितिमा  बार्षिक उत्सब कार्यक्रमका  मनाईएको हो । 

सर्बश्रेष्ठ नागरिक सम्मानद्वारा सम्मानित ब्रहम्वेत्ताचार्य अजुर्न विरक्ति तोत्रीयले प्राचीन वैदिक सनातन दर्शन, आर्ष सभ्यता ,बैदिक साम्यवाद देखि भौतिक अनेकौँ बाद केलाउने व्यक्तित्व भई अनेकौँ पीडा, कुण्ठा भोग्दै बन्दी हुँदाका बखत पनि विविध कृतिहरु लेख्न भ्याउनु भयो । वहाका सात वटा भन्दा बढी पुस्तकहरु प्रतिवन्ध लगाई हुर्हुति पारियो । लेखकीय धारले अनेकौँ कविता, काव्य, कथा, गीत, मुक्तक, तुक्का, निवन्ध, उपन्यास, बालकथा, बालगीत र जनताका गीतहरुले देशको बस्तुस्थिति झल्केका छन् । विरक्ति  भाषा, साहित्य, कला, लिपि, सस्कृत, सस्कृती समेतका पक्षमा माया गर्न सक्ने व्यक्तित्व हुनुहुन्छ । वहाका ३३ वटा कृतिहरु प्रकाशित भईसकेका छन् ।

बैदिक सार, लिपि, १६ भाषा एवंम ४८ प्रकारका लिपि यन्त्रोक्तका विधामा मूर्धन्य व्यक्ति, – जसले बौद्ध दर्शन धम्मपद पनि ब्राह्मी, संस्कृत र नेपाली समेतमा लेख्न सक्नु भनेको देशकै लागि गौरबको कुरा हो । धम्मपद बग्गोका दर्शन खोज्दै र जैन, सीख धर्म दर्शनमा पनि शोधकर्ता भई ख्रीष्टीयन एवंम मुश्लीम धर्म समेतमा पनि आफ्नो लेखनले यथार्थ परक प्रगतिशील धारबाट सबैलाई स्नेह बाँडेको पाइन्छ । काठमाण्डौँ स्थित चावहिल बंगलामुखी मन्दीर वहाकै कला कौशलले प्राचीन युगीनको प्रतिनिधित्व गरेको छ । स्वदेश तथा विदेशमा पनि अनेकौँ शास्त्रीय पारदर्शी ध्ययले ब्राह्मी लगायत बृहत श्रीयन्त्र जस्ता १०३ भन्दा बढी स्वरुपाकृत कृति समाजलाई अपर्ण गरीसक्नु भएको छ । 

नेपालमा २०३२ तिर बुटपालीस आन्दोलनको प्रथम संवाहक, बन्दीकै महलबाट प्रवेशीका उत्ततीर्ण गरेको व्यक्ति, अन्तर्राष्ट्रिय मान पदवी प्राप्त क्यूवाबाट  ALA एण्ड अफ्रो Gold Medalist, श्रीलंका, भारत र तिब्बत संयुक्तबाट लोकेश्वर सम्मान प्राप्त गर्नु हुने विरक्तिले  २०५५ सालमा आफुले प्राप्त गरेका शिक्षादीक्षादिका विधाबारिधि समेतका सबै प्रमाण पत्रहरुलाई खुल्ला मञ्चमा विशेष कार्यक्रम गरी अग्निदाहा गराई तर्पण दिनु भयो ।

 

वहाको बाल्यकालमा सर्बस्वै लुटीएको थियो । अनेकौँ राजनैतिक आरोपमा वहाद्धारा सञ्चालित साहित्यिक पत्रपत्रिका र नयाँ यथार्थ साप्ताहिक समेत प्रतिवन्ध हुन पुग्यो । बिरक्तिलाई बन्दीका महलमा यातनाबाट मुटु, मृगौला, फियो र शिर समेतमा ठूलो चोटले अनेकौँ शल्यकृया र गोलीको शिकार हुदै, लेख्ने हातहरुमा करेन्टको सक् लगाई पीन रोपीएको छट्पटाहट भोग्ने तोत्रीयले ०६२/०६३ को समय सम्म आई पुग्दा धेरै कुण्ठाहरु सहनु पर्यो । आजका दिनमा पनि स्वदेशमै उपेक्षित तपाई जस्ता अथक यौद्धालाई नागरिक पोष्ट डट कमको आठौँ बार्षिकोत्सवको अवसरमा सर्वश्रेष्ठ नागरिक २०७९ द्धारा सम्मानित गर्न पाउँदा हामी र हाम्रो सस्था गौरवान्वित छ । हामी वहाको को सृजनात्मक जीवनको यात्राले अझै उर्वर मार्ग पहिल्याओस् भनि दीर्घ जीवनको कामनामा छौँ । 

 

Must View