नागरिक पोष्ट News


तारकेश्वरमा हिम रश्मीको सफलता, कुन–कुन विद्यालयको उत्कृष्ट नतिजा आयो हेर्नुहोस्

1K

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

यस वर्षको ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३।२ देखि ३।६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ । २।८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २।४ देखि २।८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २।४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।

यस्तै १।२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १।२ देखि १।६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०।८ देखि १।२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए । गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीले भाग लिएका थिए ।

एसईई परीक्षामा प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४९१ परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल उत्तीर्ण प्रतिशतको आधारमा प्रदेश १ बाट १७.४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । विभिन्न जीपीए ल्याएर सो संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् ।

यस्तै मधेस प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण हुँदा बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन् । बागमतीको उत्तीर्ण प्रतिशत २१.६७ रहेको छ। यसैगरी गण्डकी प्रदेशबाट ४६ हजार १२९, लुम्बिनी प्रदेशबाट ४६ हजार ४८७, कर्णालीबाट ३७ हजार ३६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएका छन् । सबै प्रदेशबाट ४ लाख ९५ हजार ७५१ जना उत्तीर्ण भएकोको नतिजा निकालिएको छ ।

तारकेश्वरमा हिम रश्मीको सफलता, सामुदायिकमा जीपीए उत्कृष्ट ल्याउनेमा मानसिंह

तारकेश्वर नगरपालिकाभित्रको सामुदायिक विद्यालय र संस्थागत विद्यालयको एसईईको नतिजा हामीलाई प्राप्त भएको छ । संस्थागत विद्यालयमा सबैभन्दा उत्कृष्ट हिम रश्मीले ३.६५–३.८५ जीपीए ल्याउनेको संख्या १६ जना रहेका छन् । भने ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३९ रहेको छ । त्यस्तै श्रृजना ज्ञानसागर माध्यमिक विद्यालयका प्रिन्सिपल राजेन्द्र फुयाँलकाअनुसार ११ जना विद्यार्थीले ३.६५ भन्दा बढि जीपीए ल्याएका छन् भने तारकेश्वरमा १ जनाले अहिलेसम्म जानकारी भएको नतिजाअनुसार १ जनाले ३.९५ जीपीए ल्याउन सफल भएका छन् ।

त्यस्तै एन्जल हार्ट माध्यमिक विद्यालयमा ३.६५ भन्दा बढि जीपीए ल्याउनेको संख्या ५ जना रहेको छ । जसमा १ जनाले ३.९० जीपीए ल्याउन सफल भएको छ । लालीगुराँस नेशनल एकेडेमीले ३.६५ भन्दा बढि जीपीए ल्याउने विद्यार्थीको संख्या ९ रहेको छ । त्यस्तै कौशल इङलीस बोर्डिङ स्कुललबाट ३.६५ भन्दा बढि जीपीए ल्याउनेको संख्या ९ रहेको छ ।

त्यस्तै जीवन ज्योती स्कुलबाट १ जनाले ३.७ जीपीए ल्याउन सफल भएको छ । रोजमेरी आइडल बोर्डिङ स्कुलबाट ४ जनाले ३.६५ भन्दा बढी जीपीए ल्याएको विद्यालयका प्रिन्सिपल डिपि दाहालले बताउनुभयो । त्यस्तै काठमाडौं लिंकनबाट ११ जनाले एसईई दिएकामध्ये ५ जनाले ३.६ भन्दा बढि जीपीए र ६ जनाको ३.२ भन्दा बढि जीपीएको आएको विद्यालयका प्रिन्सिपलले जानकारी गरेका छन् । तारकेश्वर २ स्थित स्प्रीङ भ्याली स्कुलबाट ४ जनाले ३.६५ भन्दा बढि जीपीए ल्याउन सफल भएका छन् । त्यस्तै ज्ञान भुमी स्कुलबाट ३.६५ भन्दा बढि जीपीए ल्याउनेको संख्या ४ जना रहेको छ । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या १६ जना रहेका छन् ।

सामुदायिक विद्यालयहरुमा मानसिंह धर्म माध्यमिक विद्यालयबाट ३ जनाले ३.६५ भन्दा बढि जीपीए ल्याउन सफल भएका छन् । जसमा १ जनाले तारकेश्वरका सामुदायिक विद्यालयहरुको नतिजा मध्ये सबैभन्दा उत्कृष्ट ३.९० जीपीए ल्याउन सफल भएका छन् । त्यस्तै पृथ्वीनारायण माध्यमिक विद्यालयबाट २ जनाले ३.६५ भन्दा बढि जीपीए ल्याउन सफल भएका छन् । त्यस्तै कालिदेवि माध्यमिक विद्यालयबाट ३.६५ भन्दा बढि जीपीए ल्याउनेको संख्या ३ जना रहेको छ । तारकेश्वरका सामुदायिक विद्यालयभित्र ३.२ भन्दा बढि जीपीए ल्याउने विद्यालयहरुमा पृथ्वीनारायण मा.वि र कालिदेवि मा.वि रहेका छन् ।

हामीले अरु विद्यालयका पनि नतिजा खोजिरहेका छौं । सबै विद्यालयबाट उत्कृष्ट नतिजा (३.६५ जीपीएदेखी ४ जीपीए) ल्याउन सफल विद्यार्थी, सबैभन्दा धेरै विद्यार्थी सहभागी गराएर उत्कृष्ट नतिजा ल्याउने विद्यालय र सामुदायिक र संस्थागतको सबैभन्दा बढि नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान कार्यक्रम गर्ने तयारी गरेका छौं ।

Must View