नागरिक पोष्ट News


आफूले नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको मन्त्री श्रेष्ठको दाबी

1.2K

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेपछि भएका कामको फेहरिस्त सुनाउँदै महत्वपूर्ण काम गरेको बताएका हुन् । मन्त्रीको कामको आलोचना वा टिकाटिप्पणी हुन्छ भने त्यसलाई आफूले उर्जाको रुपमा लिएको पनि उनले बताए । मन्त्री श्रेष्ठले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट पारे । उनले वर्तमान सरकारलाई असफल भयो भनेर भन्नु राजनीतिक पूर्वाग्रह मात्रै भएको बताए । 

श्रेष्ठले  परराष्ट्र मन्त्रालयले एसपीपी अस्वीकार गर्ने भनेर अमेरिकी सरकारलाई पत्राचार गरिसकेको पनि जानकारी दिए ।

Must View