नागरिक पोष्ट News


टिकट बेचेको आरोपमा काङ्रेस नेता माथी कार्बाही

0.9K

काठमाडौं – सुबास जी सी।  झट्ट हेर्दा सुकिलो मुकिलो देखिने यी हुन्का कांग्रेस नेता रामजी पौडेल।  कांग्रेस नेताले गत बैशाखको निर्बाचनमा टिकट बेचेको रहस्य बाहिरिय संगै राजनीतिमा अर्को तरङ्ग पैदा भएको । चुनाबमा टिकट किनबेच हुन्छ भनेर हल्ला नसुन्ने हामि कमै छौ होला तर चुनाबमा खुलेआम टिकट किनाबिचेच र ठुलै आर्थिक अनियमितता गरेको कांग्रेस नेता रामजी पौडेल माथि लागेको छ।  

गत वैशाख ३० गतेको स्थानीय चुनावमा नुवाकोट जिल्लामा नेपाली कांग्रेसभित्र स्थानिय स्तरको टिकट वितरणमा नेता रामजी पौडेलले व्यापक आर्थिक चलखेल गरेको  हल्ला यतिबेला सर्बत्र चर्चामा आएको छ।  चुनाब देखि नै भित्रि गोप्य रुपमा गाइगुइ हल्ला चलेपनि नुवाकोट कांग्रेसले कानमा तेल हालेर बसेकोमा अहिले टोल टोल र चिया पसलमा सम्म हल्ला हुन् थालेपछि नुवाकोट कांग्रेस ब्युझिएको छ।  हिजो मात्रै नुवाकोट कांग्रेसले बैठकमा  टिकट बेच्नेमाथि हदैसम्मको कारबाही गर्नुपर्ने भन्दै पार्टीको जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पत्राचार गर्ने  निर्णय गरेको छ ।

नेपालि कांग्रेस सूर्यगढीका सभापति शंकर बहादुर प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले कांग्रेसको  नुवाकोट क्षेत्र नम्बर १ प्रदेश ख का सभापति रामजी पौडेलले टिकट वितरणमा व्यापक आर्थिक चलखेल गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो ।  पौडेल माथि सूर्यगढी गाउँपालिका भित्र गुटबन्दि गर्दै अनाधिकृत रूपमा पार्टीका बैठकहरू आफूखुसी बोलाउने र  पार्टीभित्र अनितिक  र आराजाका गतिबिधि गर्दै विखण्डन ल्याएको समेत आरोप लगाइएको छ । सोही निर्णयमा नेपाली कांग्रेसको विधान २०१७ ९२०७५ को संशोधनसहित० परिच्छेद ९ को नियम ८ अनुसार हदैसम्मको कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिमा पत्र लेखी पठाउने उल्लेख गरिएको छ । कांग्रेस बैठकमा ३ दर्जन भन्दा बढि कांग्रेस सक्रिय कार्यकर्ता र सदश्यहरुको  सहभागिता रहेको थियो।  

Must View