नागरिक पोष्ट News


चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

1.3K

काठमाडौं - चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।

उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो

Must View