खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सम्पन्न
काठमाडौं - खल्तीले आफ्ना प्रयोगकर्ताहरूकालागि गत जेठ १२, देखि असार ३२, सम्म आयोजना गरेको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफरमा सफलतापूर्वक ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन् ।
डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूकालागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ । यहि शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा “द बिगेस्ट पेमेन्ट जात्रा” आयोजना गरेको थियो । यो अफर अन्तर्गत् खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यस्ब्याक तथा थुप्रै उपहारकाको फाइदा लिएका थिए । साथै हरेक दिन १ बजे देखि सुरु हुने फाएरसेल अन्तर्गत २ लाख भन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका ५०५ सम्म क्यास्ब्याक प्रदान गरिएको बताइएको छ ।
अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको ४ वटा बजाज प्लसर एनएस १६० एबीएस तिन भाग्यशाली बिजेताले लकि ड्र मार्फत प्राप्त गरेका थिए । यति मात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा इलभ एगिक को ४३ इन्चको स्मार्ट टि।भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रू। १ मा, ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गरेको बताइएको छ ।
खल्तिले बिजेता छनौट प्रकृयालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभ मार्फत बिजेता घोषणा गर्दै आएको थियो । सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काको उपस्थिति मा “द बिगेस्ट पेमेन्ट जात्रा” मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागीता जनाउने सबै प्रति कृतज्ञता प्रदान गर्दै सम्पन्न भएको थियो ।