नागरिक पोष्ट News


साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

1K

झापा – साहित्यकार तेजराज खतिवडा ९तेराख०को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गरे ।

विसं २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मेका साहित्यकार तेराखको २०७८ असार १६ गते उपचारका क्रममा विराटनगरमा निधन भएको थियो । सर्वजा ९उपन्यास०, रातको बाह्र बजे ९उपन्यास०, प्रिय शान्तनगर ९खण्डकाव्य०, ढाडेको नाकमा घिउ ९निवन्ध सङ्ग्रह०लगायतका दर्जनौँ साहित्यिक कृति प्रकाशित गरेर तेराखले नेपाली साहित्यमा गुन लगाएको साहित्यकार मिश्र बैजयन्ती बताउँछन् ।

विद्यार्थी अवस्थादेखि नै साहित्य सिर्जनामा लाग्नुभएका तेराख सम्पादक, राजनीतिक अभियन्ता र शिक्षक थिए । पञ्चायती शासनको विरोधमा उनले आँखो, झटारोजस्ता प्रगतिशील पत्रिकामा लेख रचना छपाएका थिए । प्रा डा न्यौपानेले नेपाली साहित्य क्षेत्रमा तेराखले पुर्‍याएको योगदानलाई हरेक नेपालीले कदर गर्नुपर्ने बताउँदै उनको स्मृति ग्रन्थले उनको जीवनीलाई नयाँ पुस्तामाझ उजागर गर्न सफल भएको धारणा राखे ।

सोही अवसरमा तेराख परिवारजनका तर्फबाट उनका छोरा लेखनाथ खतिवडाले प्रतिष्ठानको अक्षयकोषका लागि रु १० लाखको चेक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेललाई हस्तान्तरण गरेका थिए।

Must View