नागरिक पोष्ट News


नेप्से परिसूचकमा झिनो अंककाे गिरावट

1K

काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५।८७ अङ्कले ओरालो लागेर दुई हजार ४४।७२ मा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०।८६ अङ्कले ओरालो लागेर ३९१।६४ मा ओर्लिएको छ । कूल २२५ कम्पनीको ३९ लाख आठ हजार ३९५ कित्ता शेयर रु एक अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ, भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २।२९ र अन्य उपसमूहको शेयर १६।५५ अङ्कले उकालो लागेको छ । व्यापार ३२।६, होटल तथा पर्यटन २०।६३, विकास बैंक ३४।९२, जलविद्युत् १४।२८, वित्त १५।०४, निर्जीवन बीमा ६४।३२, उत्पादन १३।२६, लघुवित्त २१।९८, जीवन बीमा १५०।३४, सामूहकि लगानी कोष ०।०७ र लगानी ०।७२ अङ्कले ओरालो लागे ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १९ अर्ब ७४ करोड १२ लाख २० हजार ६७१ बराबर रहेको छ । कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ८० लाख बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशिया बैंक रु ११ करोड २२ लाख ६२ हजार ८५०, नेपाल पुनरबीमा कम्पनी रु छ करोड २८ लाख २४ हजार ६३६, हिमालयन डिस्टिलरी रु छ करोड दुई लाख ४९ हजार ७७० र नेपाल एसबीआई बैंक रु चार करोड १२ लाख पाँच हजार २१४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स कम्पनी ३।१६, जनउत्थान सामुदायिक लघुवित्त २।७४, ग्लोबल आइएमबई बैंकको ऋणपत्र २।७२, नेशनल माइक्रोफाइनान्स २।५७ र गुराँस लघुवित्तका लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै, आइसीएफसी फाइनान्सको ऋणपत्र ६।७१, किसान लघुवित्त ५।३५, साधाना लघुवित्त ४।४५, सामुदायिक लघुवित्त ३।८३ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका शेयरधनीले ३।७२ प्रतिशतले गुमाएका छन् ।

Must View